शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

कार्यसम्पादन मूल्यांकनमा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका पहिलो

कार्यसम्पादन मूल्यांकनमा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका पहिलो

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो


  • ढोरपाटन संवाददाता
  • भाद्र ८ २०८२, आइतबार

पोखरा / संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन(लिजा) को नतिजामा कास्कीमा रुपा गाउँपालिका र बागलुङमा बागलुङ नगरपालिका जिल्लामा उत्कृष्ट बनेका छन । आव २०८०/०८१ मा कास्कीका पाँच पालिका मध्येमा रुपा गाउँपालिका ८७ अंक सहित जिल्लामा पहिलो बनेको हो । बागलुङका १० पालिका मध्येमा बागलुङ नगरपालिका ८७ दशमलव २५ अंक प्राप्त गरी जिल्लामा पहिलो भएको हो । विभिन्न १० विधामा भएको परीक्षणका आधारमा स्थानीय तहहरूको स्वमूल्यांकनको कुल अंक निर्धारण गएिको हुन्छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका ८६ दशमलव २५ अंक सहित दोस्रो स्थानमा रहन सफल भएको छ भने पोखरा महानगरपालिकाले ८३ दशमलव ५० अंक प्राप्त गर्दा माछापुच्छ्रे गाउँपालिकाले ८३ अंक पाएको छ । मादी गाउँपालिकाले ८१ दशमलव ७५ अंक पाएको छ ।

उता, बागलुङको जेठो बागलुङ नगरपालिका पहिलो हुदाँ पश्चिमको निसीखोला गाउँपालिका ८६ अंक प्राप्त गरेर दोस्रो भएको छ । गलकोट नगरपालिकाले ८१ अंक प्राप्त गरेर तेस्रो भएको छ । जैमिनी नगरपालिकाले ८० दशमलव ७५ अंक प्राप्त गरेको छ भने ढोरपाटन नगरपालिकाले ८० अंक प्राप्त गरेको छ ।

तमानखोला गाउँपालिकाले ७९ दशमलव ७५ अंक, बरेङ गाउँपालिकाले ७७ दशमलव ५०, बडिगाड गाउँपालिकाले ७७ दशमलव २५, ताराखोला गाउँपालिकाले ७६ दशमलव ६० र काठेखोला गाउँपालिका ७५दशमलव ५० अंक प्राप्त गरेको छ ।

रुपा गाउँपालिकाका अध्यक्ष नबराज ओझाले गाउँपालिकाकाले गरेको कार्यसम्पदानका आधारमा आफ्नो पालिका कास्कीमा उत्कृष्ट पालिका घोषणा भएको बताए ।
बागलुङ नगरपालिकाका प्रमुख बसन्त कुमार श्रेष्ठले नगरपालिकाले गरेको कार्यसम्पदानका आधारमा जिल्लाकै उत्कृष्ट पालिका घोषणा भएको बताए । उनले नगरपालिकाले वार्षिक रुपमा कार्य सम्पादन मुल्याङ्कनमा बार्षिक रुपमा प्रगति गर्दै अघि बढीरहेको बताए ।

श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ७७ दशमलव ५ अंक, आर्थिक वर्ष २०७९/८० मा ८३ दशमलव ७५ अंक र आर्थिक वर्ष २०८०/८१ मा ८७ दशमलव २५ अंक प्राप्त गरेको हो । आर्थिक वर्ष २०७८/७९ मा ७७ दशमलव ५ अंक, आर्थिक वर्ष २०७९/८० मा ८३ दशमलव ७५ अंक र आर्थिक वर्ष २०८०/८१ मा ८७ दशमलव २५ अंक प्राप्त गरेको जानकारी दिए ।

गण्डकी प्रदेशमा स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो भएको छ । आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कनमा अर्जुनचौपारीले उत्कृष्ट अंक सहित प्रदेशमा पहिलो स्थान पाएको हो । अर्जुनचौपारीले ८८ दशमलव ७५ अंक पाएको छ ।

स्याङ्जाकै भीरकोट नगरपालिकाले ८८ दशमलव २५ अकं सहित गण्डकीमा दोस्रो स्थान पाएको छ । पर्वतको जलजला गाउँपालिकाले ८८ अंक सहित तेस्रो भएको छ । प्रदेशभित्रका ३ पालिकाले ८८ अंक पार गर्दा २२ पालिकाले ८५ अंक पार गरेका छन् ।

यस्तै, ४१ पालिकाले ८० अंक कटाएका छन् । नगरपालिकातर्फ गोरखाको पालुङटार ८७ दशमलव ७५ अंक सहित दोस्रो हुँदा गाउँपालिकातर्फ गोरखाकै भीमसेन थापा गाउँपालिका समान ८७ दशमलव ७५ अंक सहित तेस्रो भएको छ । समग्र पालिकाहरुमा पालुङटार प्रदेशमा चौथो र भीमसेनथापा पाँचौ भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वमूल्यांकन प्रणालीको अभिलेख अनुसार संगठन तथा प्रशासन, वाषिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन र सहकार्य एवं समन्वय विधामा पालिकाहरुको मुल्यांकन गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->