आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

न्यू एभरेष्टमा तीज विशेष कार्यक्रम

न्यू एभरेष्टमा तीज विशेष कार्यक्रम


  • ढोरपाटन संवाददाता
  • भाद्र ९ २०८२, सोमबार

बागलुङ/तीजको अवसर पारेर न्यू एभरेष्ट एकेडेमीले साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको छ । विद्यालय परिसरमै विद्यार्थी, शिक्षक र अभिभावक जम्मा गरेर विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिएको हो ।

विद्यालयले शिक्षक र अभिभावकका बीचमा साँस्कृतिक नृत्य प्रतियोगिता गरेको हो । अभिभावकहरुका तर्फबाट सात समुह सहभागि थिए । त्यस्तै शिक्षकहरुका समुह बनाएर प्रतिस्पर्धा गराईएको थियो भने विद्यार्थीहरु बीच प्रतियोगितात्मक र नमुना नृत्यहरु प्रस्तुत गरिएको थियो । कला र संस्कृतिको विषयमा व्यवहारिक ज्ञानका लागि हरेक चाडपर्वको समयमा विविध कार्यक्रम गर्ने गरेको विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीले बताए ।

कार्यक्रममा परम्परा झल्काउने सचेतनामुलक सडक नाटक प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरु करुणा आचार्य, सुदिन अर्याल, शिक्षकहरु पुष्पा अधिकारी, सुशिला खड्का लगायतले बोलेका थिए । विद्यालयका प्रधानाध्यापक कृष्ण अधिकारीको अध्यक्षता तथा कक्षा १० की छात्रा अनुशा कँडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->