बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

जनतालाई द्रूत सेवा दिन्छौँ : प्रजिअ तिवारी

जनतालाई द्रूत सेवा दिन्छौँ : प्रजिअ तिवारी

सलामी ग्रहणका विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति पनि भेटघाटका क्रममा प्रजिअ तिवारीले सरकारी मापदण्ड अनुसारको कार्य भएकाले नकारात्मक नलिन अनुरोध गरे ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १३ २०८२, शुक्रबार

म्याग्दी/म्याग्दीका नवआगन्तुक प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले जनतालाई दूत गतिमा सेवा दिने प्रतिवद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयमा बिहिबार भएको पत्रकार भेटघाटमा गृहमन्त्रालयबाट हालै सरुवा भएर आएका प्रजिअ तिवारीलेसेवा प्रवाहमा प्रक्रिया र कागजातमा सम्झौता नहुने र भनसुनको भरमा प्रक्रिया मिचेर, आवश्यक कागजात बिनै काम गर्ने सम्भव नहुने बताए ।

स्थानीय तह र जिल्लाका अन्य सरकारी कार्यालयहरुसँग सेवाप्रवाहलाई सहज र सरल बनाउन समन्वय गर्ने, जिल्लामा विकास निर्माणका कामलाई अनुगमन तथा जलविद्युत आयोजनामा मजदुरलाई हुने शोषण तथा दुर्घटनाका बारेमा अनुगमन, सार्वजनिक यातायाताको भाडा समायोजनलगायतका जनमैत्री कामलाई तत्काल सुरु गर्ने बताए ।

पर्वतको मुडुकुवा घर भएका तिवारी यसअघि गृहमन्त्री रमेश लेखकको निजी सचिवको जिम्मेवारीमा थिए । प्रजिअ तिवारीलाई सबै पक्षलाई सन्तुलनमा राखेर विवादरहित दंगले जिम्मेवारी पूरा गर्ने चुनौती छ । म्याग्दीको बारेमा सकारात्मक सन्देश रहेको र काम गर्न सजिलो हुने अपेक्षा सहित रोजेरै म्याग्दीमा सरुवा भएर आएको तिवारीको भनाई छ ।

कार्यालयमा हाजिर हुँदा सलामी ग्रहणका विषयमा सामाजिक सञ्जालमा भएको टिप्पणीप्रति पनि भेटघाटका क्रममा प्रजिअ तिवारीले सरकारी मापदण्ड अनुसारको कार्य भएकाले सुझावका लागि धन्यवाद दिँदै यसलाई नकारात्मक नलिन अनुरोध गरे ।

कार्यालयको प्रवेशद्धारमा पिर्कामाथि चढेर सुरक्षाकर्मीले प्रजिअ तिवारीलाई दिएको सलामीका विषयमा सामाजिक सञ्जालमा कतिपयले नकारात्मक टिप्पणी गरेका छन् भने केहीले गृहमन्त्रालयको नियम अनुसार भएकाले सामान्य भएको बताएका छन् ।

पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेल, म्याग्दी शाखाका अध्यक्ष हरिकृष्ण गौतम, संस्थापक अध्यक्ष घनश्याम खड्का लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । हालै सरुवा भएर गृह मन्त्रालय गएका उपसचिव गुरुदत्त ढकालले म्याग्दीमा दिएको सेवाका बारेमा सवत्र्र चर्चा र सम्मान रहेको थियो । जिल्लाका राजनीतिक दलले समेत हालसम्मकै उत्कृष्ट कार्यसम्पादन भन्दै ढकालको बिदाइ गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->