आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

देउराली आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण

देउराली आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति वितरण


  • ढोरपाटन संवाददाता
  • भाद्र १५ २०८२, आइतबार

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ ओडारचौरमा रहेको देउराली आधारभुत विद्यालयमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । स्व. नन्दप्रसाद नन्दकली शर्मा आचार्यको स्मृतिमा स्थापना गरिएको कोषबाट विद्यालयमा अध्ययनरत १६ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालयमा आयोजित एक समारोहका बीच कोषका संस्थापक शिवराम शर्मा आचार्य, बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का, जिल्ला समन्वय समितिका सदस्य जशोदा शर्मा लगायतले विद्यार्थीलाई हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बोल्दै नगर उपप्रमुख खड्काले निम्न आय भएका बालबालिकाको अध्ययनमा छात्रवृत्तिले सहज वातावरण सिर्जना गर्ने बताए । वडा अध्यक्ष कुमार बिक्रम क्षेत्रीले विद्यालयको भौतिक अवस्था मजबुत हुँदै जाँदा विद्यार्थी संख्या कम हुनु चिन्ताजनक रहेको चर्चा गर्दै अभिभावकसहित सम्बन्धित निकायको ध्यान जानुपर्नेमा जोड दिए ।

स्व. नन्दप्रसाद नन्दकली अक्षय स्मृति कोषको २ लाख ९५ हजारको ब्याजबाट विद्यार्थीलाई कापीकलम र चप्पल वितरण गरिएको थियो भने स्व. झरना केसीको स्मृतिमा स्थापना गरिएको ११ हजार १ सय ११ को अक्षयकोषबाट छात्रवृत्ति वितरण गरिएको विद्यालयका शिक्षक उमाकान्त शर्माले जानकारी दिए ।

कार्यक्रम कोषका संस्थापक शिवराम शर्मा आचार्यको अध्यक्षता, संस्थापक यज्ञवल्लभ शर्माको आचार्यको स्वागत र राजेन्द्र आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->