आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

एकैपटक १६ वटा लायन्स क्लबको पदस्थापना

एकैपटक १६ वटा लायन्स क्लबको पदस्थापना

डिस्ट्रीक गर्भनर मिलनबाबु मल्लले नेपालको राजनीतिक नेतृत्वले समेत यो बुझ्न सकेमा देशको अवस्था सुधार हुने बताए ।


  • ढोरपाटन संवाददाता
  • भाद्र १६ २०८२, सोमबार

बागलुङ/लायन्स क्लब इन्टरनेशनल ३२५ जे अन्र्तगत धौलागिरि क्षेत्रमा रहेका रिजन २ र ३ र जोन ३, ४, ५ र ६ अन्र्तगत रहेका १६ वटा लायन्स क्लब र २ वटा लियो क्लबको एकैपटक पदस्थापना सम्पन्न भएको छ ।

लायन्स क्लब अफ बागलुङ कालीका, लायन्स क्लब अफ बागलुङ पञ्चकोट, लायन्स क्लब अफ बागलुङ पिस टाउन, लायन्स क्लब अफ बागलुङ जैमिनी, लायन्स क्लब अफ बागलुङ गोल्डेन ब्रिज, लायन्स क्लब अफ बागलुङ रोज भिलेज, लायन्स क्लब अफ बागलुङ काठेखोला, लायन्स क्लब अफ बागलुङ गौरीधाम, लायन्स क्लब अफ बागलुङ गाजा हिल, लायन्स क्लब अफ बागलुङ भैरव, लायन्स क्लब अफ बागलुङ मेरिगोल्ड, लायन्स क्लब अफ बागलुङ सेयरिङ हेप्पीनेस, लायन्स क्लब अफ बागलुङ टाईगर टिम, लायन्स क्लब अफ बागलुङ भगवती सेवा, लायन्स क्लब अफ बागलुङ बलेवा र लायन्स क्लब अफ पर्वत कालान्जरको पदस्थापन भएको हो । त्यस्तै लियो क्लब अफ बागलुङ कालीका र लियो क्लब अफ बागलुङ पिस टाउनको पनि पदस्थापन गरिएको हो ।

डिस्ट्रीक गर्भनर मिलनबाबु मल्लले उक्त कार्यक्रमको उद्घाटन गर्दै समाज सेवाको उत्कृष्ट नमूना र नेतृत्व हस्तान्तरणको उदाहरण लायन्समा देख्न सकिने बताए । उनले नेपालको राजनीतिक नेतृत्वले समेत यो बुझ्न सकेमा देशको अवस्था सुधार हुने बताए । हरेक वर्ष फरक नेतृत्वले केही न केही नयाँ काम गरेर उत्कृष्ट बन्ने प्रयासले समाजलाई अग्रगामी बनाउने उनको भनाइ छ ।

लायन्स क्लब अफ बागलुङ गोल्डेन ब्रिजका अध्यक्ष गणेश केसीको अध्यक्षतामा पहिलो सत्र र र डिस्ट्रीक गर्भनर मिलनबाबु मल्लको उपस्थितिमा ती क्लबको पदस्थापन भएको हो । लायन्स क्लब अफ बागलुङ कालीकाका अध्यक्ष ऋषिराम गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रम जोन चियर पर्सन नारायण पौडेल र लायन्स क्लब अफ बागलुङ गौरीधामकी अध्यक्ष सीता कंडेल सापकोटाले संचालन गरेकी थिइन् । लायन्सले सामाजिक सेवाका लागि काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->