म्याग्दी/सदरमुकाम बेनीबजारबाट शनिबार रातीबाट हराएका दुई यूवा कालिगण्डकी नदीमा खसेको आशंकामा शसस्त्र प्रहरी बलको गोताखोर टोलीको प्रयोग गरिएको छ ।
म्याग्दी र कालिगण्डकी नदीमा र्नििमत रिडरोडबाट जादै गरेको अवस्थामा म्याग्दी जेसीज आसपासको क्षेत्रबाट साढे १० बजेदेखि बेनी नगरपालिका–६, जामुनाखर्कका हरि रिजाल र रघुगंगा गाउँपालिका–२, भगवतीका कुमार रिजाल सम्पर्कविहिन भएको आशंकामा नेपाल प्रहरी, शसस्त्र प्रहरी सहितको टोलीले खोजीकार्य गरेको थियो ।
सिसीटिभी फुटेज र घटनास्थलको आशंका गरिएको स्थानमा बेपत्ता सुबेदीको जुत्ता र हेल्मेटको सिसा भेटिएको प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाले बताए । ‘विभिन्न उपायको प्रयोग गर्दा पनि खोजीकार्य गर्दा पनि नदीभित्र केही भेटिएन, तिब्र गतिमा रहेको नदीभित्र गोताखोरको टोलीले लामो समयसम्म खोजीकार्य गर्न कठिनाइ भयो’ प्रनाउ थापाले बताए । प्रनाउ थापाका अनुसार नदीकिनारामा खोजीकार्य, सिसी फुटेजबाट थप प्रमाणको खोजी गरिने बताए ।

कालिगण्डकी नदीको गहिराइ, खोँचहरू, बहाव सबै कारणले गर्दा खोजी कार्यमा चुनौती भइरहेको अवस्थामा थप खोजीका लागि आवश्यक पहल गर्ने प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीले बताए । बेनीको एक होटलमा खानपिन गरेपछि रिजालद्धय बालमन्दिर चोक हुदै रिङरोडबाट यात्रा गरेको देखिन्छ ।
यता आफन्तले घटना संकास्पद देखिएको बताएका छन् । आइतबार र सोमबार खोजीकार्य गर्दा समेत नभेटिएको जुत्ता, हेल्मेटको सिसा नफुटेको अवस्थामा र झोलामा राखिएको भनिएको पेयपदार्थको बोटलको नखोलिएको बिर्को त्यहाँ भेटिनुले घटना नियोजित समेत हुनसक्ने भन्दै अनुसन्धानका आधुनिक प्रविधिको समेत प्रयोग गर्न अनुरोध गरेका छन् ।
शनिबार राती साढे १० बजे आसपासको समयमा म्याग्दी जेसीज नजिक पर्वतबेनीस्थित ग्रिल उद्योगबाट देखिएको सिसीटिभी फुटेजमा सडकबाट मोटरसाइकल अनियन्त्रित भएर नदीमा खसेजस्तो देखिन्छ भने कालिपुलस्थित पक्की पुलमा रहेको सिसी टिभीमा सोही समय आसपासमा रेकडमा देखिदैन् । बेपत्ता हुनुभएका कुमार शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीमा सहयोगी कर्मचारी र हरी बेनीको एक पसलमा लेखामा काम गर्नुहुन्छ । मोटरसाइकल दुर्घटना समयमा भीषण बर्षा भएको थियो ।






