बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

हाजिरीजवाफमा हुलाक कार्यालय प्रथम

हाजिरीजवाफमा हुलाक कार्यालय प्रथम


  • ढोरपाटन संवाददाता
  • भाद्र २२ २०८२, आइतबार

म्याग्दी/निजामती सेवा दिवसको अवसरमा म्याग्दीमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जिल्ला हुलाक कार्यालय प्रथम भएको छ ।

निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड यूनियन म्याग्दीले आयोजना गरेको प्रतियोगितामा द्धितिय प्रदेश अस्पताल बेनी, तृतिय जिल्ला प्रशासन कार्यालय र शान्त्वना बेनी नगरपालिका भएका छन् ।

प्र्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनालाई क्रमश १५ हजार, १२ हजार, ९ हजार र ४ हजार नगद, प्रमाणपत्र प्राप्त गरेका छन् ।
निजामति सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी,कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवम् बेनी नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत यूवराज थापा, निजामति कर्मचारीका कोषाध्यक्ष कोषाध्यक्ष सोमबहादुर केसीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा १५ टिमको सहभागिता रहेको थियो । दिवसकै अवसरमा जनप्रतिनिधि र कर्मचारीबिच मैत्रीपूर्ण फुटबल प्रतियोगितामा बेनी नगरकार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको समुह प्रथम र सामाजिक विकास कार्यालय प्रमुख तारानाथ शर्माको समुह उपविजेता भएको थियो । प्रथम र द्धितियलाई क्रमश ५ हजार, २५ सय नगद, प्रमाणपत्र वितरण गरिएको थियो ।

यता निजामति सेवा दिवसका अवसरमा आइतबार बिहान सदरमुकाम बेनीबजारमा प्रभातफेरीसमेत गरिएको थियो । कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->