बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

‘राम्रो काम माओवादीले गर्ने, भोट चाहिँ भ्रष्टाचारीलाई दिने ?

‘राम्रो काम माओवादीले गर्ने, भोट चाहिँ भ्रष्टाचारीलाई दिने ?

प्रचण्डले भने, ‘राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ म जस्तै मत हामीलाई एकपटक दिनुस् । हामी सुसासन र सामाजिक न्याय दिन्छौँ ।’


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

लमजुङ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् ।

जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको आयोजनामा लमजुङको भोटेओडरमा आयोजित जनसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् ।

प्रचण्डले भने,‘ राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीहरूलाई दिने काम कहिले रोकिन्छ होला ? ६४ म जस्तै मत हामीलाई एकपटक दिनुस् । हामी सुसासन र सामाजिक न्याय दिन्छौँ । आत्मआलोचना र आत्मसमीक्षासहित भनेको छु– अब फेरि एकपटक सेवा गर्ने मौका दिनुस्, लमजुङका जनतालाई विकास र समृद्धि दिने संकल्प गर्दछु ।’

जनसंवाद कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले शहीद, बेपत्ता परिवार, नेता–कार्यकर्ता र स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै पार्टीको अभियान रहेको बताए । ‘हामीले गल्ती कमजोरी सच्याउँदै आफ्नै वर्गतिर फर्कनुपर्ने देखिएको छ । त्यसैले यो अभियानमार्फत् फेरि तपाईंहरूसामु आएका छौँ,’उनले भने,‘ भ्रष्टाचार पार्टीहरूमा, सरकार र ब्यूरोक्रेसीमा देखिएपछि हामीले सरकारमै रहेर सुशासनको अभियान चलाएका थियौं । मिटर ब्याज पीडितलाई न्याय दिनेगरी पहिलोपटक ऐन बनाएर समाधानको बाटो खोल्यौं ।’

उनले सरकारमा रहँदा सामाजिक न्याय, नागरिकता समस्या समाधान, भारत र चीन भ्रमणमार्फत् राष्ट्रिय हितमा काम गरेको उल्लेख जिकिर पनि गरे । चीन भ्रमणको क्रममा १४ वटा परम्परागत नाका खोल्ने पहल भएको बताउँदै उनले भने,‘ देशभित्र सुशासन र बाहिर राष्ट्रिय हितका पक्षमा काम गर्दा राम्रो कामकै कारण संख्याको बलमा हामीलाई हटाइयो तर हामी जनतासँगै छौँ । फेरि जनताको ताकत लिएर आउने छौँ ।’

प्रचण्डले मध्यपहाडी लोकमार्ग अभियानअन्तर्गत बैतडीदेखि लमजुङसम्म आइपुग्दा भेटिएका समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । लमजुङको कृषि सम्भावनाबारे जोड दिँदै उनले भने,‘ जल, जमिन र वनको उचित सदुपयोग गर्न सके कृषिमा ठूलो प्रगति सम्भव छ । सरकारमा रहँदा हामीले कृषि र सूचना प्रविधिलाई अग्रणी क्षेत्र बनाउन खोजेका थियौँ ।’

उनले विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा समावेश गर्ने नीति अघि बढाएको र त्यसमार्फत् विदेशिएका युवालाई स्वदेश फर्काइ कृषि, जलविद्युत् र उत्पादन क्षेत्रमा रोजगार सिर्जना गर्न सकिने धारणा प्रस्तुत गरे ।

जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गरिएको, बेपत्ता परिवारलाई राहत दिनेगरी सत्य निरूपण तथा बेपत्ता आयोगको प्रक्रिया अघि बढाइएको उनको भनाइ थियो ।

यसअघि, भाद्र २१ गते कास्कीको रूपाबाट लमजुङ प्रवेश गर्दा रामबजारमा भव्य स्वागत गरिएको थियो। साँझ भोर्लेटारमा स्वागत सभा सम्पन्न भएको थियो। भाद्र २२ गते बिहान प्रचण्डले शहीद परिवारसँग भेटघाट गर्दै श्री ईशानेश्वर माध्यमिक विद्यालय अवलोकन गरे । त्यसपछि सुन्दरबजारस्थित लम्जुङ कृषि क्याम्पस र श्री भक्ति नमूना माध्यमिक विद्यालय अवलोकन गर्दै शिक्षक, विद्यार्थी तथा अभिभावकसँग अन्तरक्रिया गरे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->