बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सामाजिक सञ्जाल बन्द कायमै, प्रदर्शनबारे छानबिन समिति

सामाजिक सञ्जाल बन्द कायमै, प्रदर्शनबारे छानबिन समिति

‘सभापपतिज्यूले पनि भन्नुभएको थियो । तर कम्पनीहरुले खुलेआम रुपले दर्ता गर्दैनौं भनिरहका छन् । नियमन नगरी यतिकै खोल्न सकिदैन।'


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०८२, सोमबार

काठमाडौं / मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन अस्वीकार गरेको छ। सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरी प्रधानमन्त्री ओलीलाई तत्काल सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले अस्वीकार गरेका हुन्।

गृहमन्त्री पदबाट राजीनामा दिदै रमेश लेखकले सामाजिक सञ्जालहरुको प्रतिबन्ध खोल्न प्रस्ताव राखे । तर प्रधानमन्त्रीओलीले मानेनन् । प्रधानमन्त्री ओलीले तत्काल प्रतिबन्ध हटाउन नसकिने जवाफ दिएका छन् । ‘सभापपतिज्यूले पनि भन्नुभएको थियो । तर कम्पनीहरुले खुलेआम रुपले दर्ता गर्दैनौं भनिरहका छन् । नियमन नगरी यतिकै खोल्न सकिदैन’, प्रधानमन्त्री ओलीले भनेका छन् ।

एक मन्त्रीका अनुसार जेनजी प्रदर्शनका क्रममा भएका घटनाहरूको छानबिन गर्न समिति गठन गर्ने निर्णय भने सोमबार साँझको मन्त्रिपरिपरिषद् बैठकले गरेको छ। जेनजी प्रदर्शनका क्रममा प्रहरी अन्धाधुन्ध गोली चलाउँदा काठमाडौँमा १८ र इटहरीमा २ गरी २० प्रदर्शनकारीको ज्यान गुमेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->