बागलुङ/सुशासनको माग र सामाजिक सञ्जालमा रोक लगाएको बिरुद्दमा बागलुङमा दोस्रो दिन पनि जेनजी समूहले विशाल प्रद्र्धशन गरेका छन् । उनीहरुले सरकार भ्रष्टाचारमा डुबेको, नागरिकलाई सुशासन दिन नसकेको आरोप लगाएका छन् । उनीहरुले भ्रष्टाचार विरोधी र राजनीतिक नेतृत्वप्रति पनि आरोप लगाउँदै चर्काे सन्तुष्टि व्यक्त गरेका छन् ।
आन्दोलनकारीहरुले जिल्लास्थित राजनीतिक दलका पार्टी कार्यालयहरुबाट झण्डा र व्यानर हटाएका छन् भने बागलुङ नगरपालिका परिसर र बागलुङ बजारका मुख्य चोकहरुमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।





