बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

प्रधानमन्त्री ओलीले दिए राजीनामा

प्रधानमन्त्री ओलीले दिए राजीनामा

राजनीतिक निकास र समस्या समाधनका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा पेश


  • ढोरपाटन संवाददाता
  • भाद्र २४ २०८२, मंगलबार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन-जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि भन्दै मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

उनले राजनीतिक निकासका र समस्या समाधनका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा बुझाएका हुन्।  ‘२०८१ साल असार ३१ गते नेपालको संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्री नियुक्त भएकोमा हाल मुलुकमा उत्पन्न असमान्य परिस्थितिलाई ध्यानमा राख्दै संविधान सम्मत राजनीतिक निकासका र समस्या समाधनको थप पहलको लागि संविधानको धारा ७७ (१) क बमोजिम आजैका मितिदेखि लागु हुनेगरी प्रधानमन्त्री पदबाट राजीनामा दिएको छु,’ प्रधानमन्त्री ओलीले राजीनामा दिँदै भनेका छन्।

543280052_1433956991224561_6449412736245956112_n-1757407650.jpg

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->