बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, शपथ ९ बजे

सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, शपथ ९ बजे

राष्ट्रपति पौडेलले संविधानको धारा-६१ अनुसार, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०८२, शुक्रबार

काठमाडौं / पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
राष्ट्रपति पौडेलले संविधानको धारा-६१ अनुसार, पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । नयाँ संविधान जारी भएपछि सबै सरकारहरू संविधानको धारा ७६ अनुसार गठन भएका थिए ।
नेपालको संविधानको धारा–६१ मा राष्ट्रपति सम्बन्धी व्यवस्था छ, जसमा प्रधानमन्त्रीको पद, अधिकार र नियुक्तिको कुनै प्रसंग उल्लेख छैन । संविधानको धारा ६१ (१ र २)मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने व्यवस्थाका साथै राष्ट्रपतिले संविधान र संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्ने व्यवस्था छ ।
उनको शपथ ग्रहण गरेपछि शीतल निवासमै क्याबिनेट बैठक बस्ने तयारी गरिएको छ । बैठकले संकटकालको सिफारिस गर्ने र राष्ट्रपति रामचन्द्र पौडेलले अनुमोदन गरेपछि राष्ट्रपतिले विषम परिस्थितिमा प्रयोग गर्न पाउने संवैधानिक विशेषअधिकारअनुसार संसद विघटन गर्नेगरी तयारी भइरहेको स्रोतले जनाएको छ । आजै सानो आकारको मन्त्रीपरिषद गठन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->