मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण: जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई १० लाख राहत

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण: जेनजी आन्दोलनमा मृत्यु भएकालाई शहिद घोषणा, परिवारलाई १० लाख राहत


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०८२, आइतबार

काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।
पदभार ग्रहण लगतै प्रधानमन्त्री कार्कीले जेनजी युवाको आन्दोलनमा मृत्यु भएकाहरुलाई शहीद घोषणा गरी प्रत्येकका परिवारलाई १० लाख रुपैयाँको दरले राहत दिने निर्णयमा हस्ताक्षर गरेकी छन् । यो आन्दोलनका घाईते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए छन् ।
उनका अनुसार आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको छ । १३४ जना प्रदर्शनकारी र ५७ जना प्रहरी घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->