बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

एमाले कास्कीले सबै कमिटी चलायमान बनाउने

एमाले कास्कीले सबै कमिटी चलायमान बनाउने


  • ढाेरपाटन संवाददाता
  • भाद्र २९ २०८२, आइतबार

पोखरा/ नेकपा एमाले कास्की जिल्ला कमिटीले जेन जी को आन्दोलनका क्रममा भएको घटनाप्रति दुख व्यक्त गरेको छ । पार्टीको जिल्ला कमिटीको आइतबार सम्पन्न विशेष बैठकले उच्च मनोवलका साथ पार्टी पंक्ति अघि बढ्ने निर्णय समेत गरेको छ ।

एमाले जिल्ला अध्यक्ष वैनबहादुर अधिकारी क्षेत्रीका अनुसार बैठकले अहिले भएको प्रतिनिधिसभा विगठनप्रति एमाले केन्द्रको धारणालाई समर्थन पनि गरेको छ । साथै आफ्नो सुरक्षालाई विशेष ख्याल गर्दै तल्ला तहका कमिटिलाई चलायमान गराउने निर्णय पनि बैठकले गरेको छ । ‘सोमबार नै अगुवा कार्यकर्ताहरुको विस्तारित भेलाको निर्णय गरेका छौ’, वैनबहादुरले भने, ‘आन्दोलनका क्रममा भएको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी सरसफाई अभियानमा जाने निर्णय पनि गरेका छौ ।’ साथै अहिलेसम्मका तितामिठा कुरालाई छाडेर, कुनै गुटउपगुट र स्वार्थमा नलागी पार्टीलाई एकढिक्का भई अघि बढ्ने निर्णयसमेत गरिएको उनले बताए ।

एमाले कास्की सचिव दर्शन लामाका अनुसार बैठकमा पोलिटब्यूरो सदस्य जगतबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य कृष्ण थापा, जिल्ला सचिवालय सदस्य र विभिन्न जनवर्गीय संगठनका प्रमुखहरुको सहभागिता थियो । बैठकमा जेन जीको प्रदर्शनमा भएको पार्टी र पार्टीका सदस्यहरुको भौतिक संरचनाको क्षतिबारे पनि छलफल भएको थियो । लामाका अनुसार प्रारम्भिक विवरण अनुसार एमाले गण्डकी प्रदेश कार्यालय, एमाले कास्की जिल्ला कार्यालय प्रदर्शनकारीको निशानामा परेका छन् । यसैगरी गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारी, निवर्तमान प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङ, गण्डकी प्रदेशका पूर्वमन्त्री बेदबहादुर गुरुङ, बहालवाला मन्त्री प्रकाशबहादुर केसीका २ वटा र प्रदेशका पूर्वसांसद राजीव पहारीको घरमा आगजनी र तोडफोड गरिएको छ । यसैगरी प्रदेश सांसद देवका पहारीको एडम होटल, दिलीप न्यौपानेको न्यू ऐरा होटल, प्रदेश सांसद गणेशमान गुरुङको होटल गुडवील, भरतराज पहारीको होटल सरोवरमा पनि आगजनी गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->