पोखरा/खस क्षेत्रीहरुको साझा संस्था क्षत्री समाज नेपालले यो वर्ष क्षेत्री दिवस नमनाउने भएको छ । भदौ २३ र २४ गते भएको जेनजीको आन्दोलनको क्रममा ज्यान गुमाएकाहरुलाई श्रद्धाञ्जली दिँदै दिवस औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको क्षेत्री समाजले जनाएको छ ।
समाजले हरेक वर्षको दशैंको घटस्थापनाको दिनलाई क्षेत्री दिवसको रुपमा मनाउँदै आएको थियो । अध्यक्ष रिबबहादुर थापा र महासचिव कृष्णबहादुर थापाद्वारा जारी शोक विज्ञप्तिमा नयाँ राजनीतिक परिस्थिति अनुसार गठन भएको सरकारले देश र जनताको दीर्घकालीन रुपमा शान्ति स्थायीत्व हुनेगरी विकास, पुनःनिर्माणसहित राष्ट्रिय हितका काम गर्न सक्षम रहोस् भन्दै शुभकामना पनि व्यक्त गरेको छ ।





