पोखरा/पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीले रक्तदान गरी जन्मदिन मनाएका छन् । आइतबार उनले २५ औं पटकको रक्तदान गरे ।
रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले रक्तदान प्रवद्र्धन गर्न आरजू जोडिएको रेडियो अन्नपूर्ण, आरजू र अन्य पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताइन् । ८२ औं पटक रक्तदान गरिसकेका रक्तदाता अभियन्ता कृष्ण थापाले जन्मदिनको अवसरमा सबैले रक्तदान गर्न सके जन्मदिनमा अरु कार्य गर्न नपर्ने बताए ।
८ औं पटक रक्तदान गर्दै नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिकी महासचिव जमुना शर्मा वर्षाले रेडक्रसको मानविय सेवासँगै रक्तदान र जीवन बचाउने अभियानमा महत्वपूर्ण योगदान गरेको बताईन् ।
रेडक्रस कास्कीको योजनाबारे जानकारी गराउदै मन्त्री सन्तोष अधिकारीले मानविय सेवाको क्षेत्रमा रेडक्रस अब्बल संस्थाको रुपमा रहेको बताए ।





