मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पोखरामा फेरि राखियो लखन थापाको शालिक

पोखरामा फेरि राखियो लखन थापाको शालिक

जेनजी प्रदर्शनमा घुसेर राप्रपाले पृथ्वीचोकमा रहेको लखन थापाको शालिक तोडफोड सहित डोजर लगाएर ढालेका थिए । शालिक ढाल्नकै लागि राप्रपाले फलामे हतियार समेत लिएर गएको थियो ।


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

पोखरा/पोखराको पृथ्वीचोकमा लखन थापाको शालिक फेरि राखिएको छ । जेनजी प्रदर्शनमा घुसेर राप्रपाले पृथ्वीचोकमा रहेको लखन थापाको शालिक तोडफोड सहित डोजर लगाएर ढालेका थिए ।

शालिक ढाल्नकै लागि राप्रपाले फलामे हतियार समेत लिएर गएको थियो । आफ्नो अनुहार लुकाएका उनीहरुले त्यसदिन लखन थापाको शालिक ढालेर पृथ्वीनारायण शाहको प्रतीमा राखेका थिए ।

सोही प्रतिमा हटाएर फेरि लखन थापाकै शालिक पुर्नस्थापित गरिएको छ ।

आइतबार साँझ आदिवासी जनजाती सम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुले पृथ्वीचोकको आइल्याण्डमा लखन थापाकै शालिक राखेका हुन । नेपालका पहिला शहिद लखन थापाको शालिक २०६२÷०६३ को जनआन्दोलनपछि राखिएको थियो । त्योअगाडि यहाँ पृथ्वीनारायण शाहकै शालिक थियो ।

अहिले पनि बेलाबखत पृथ्वीचोकमा कसको शालिक राख्ने भन्ने विवाद देखिँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->