मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय

असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने सरकारको निर्णय


  • ढोरपाटन संवाददाता
  • भाद्र ३० २०८२, सोमबार

काठमाडौं / सरकारले असोज १ गते राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको हो।

बैठकपछि बोल्दै गृहमन्त्री ओमप्रकाश अर्यालले असोज १ गते सार्वजनिक बिदा दिने र आन्दोलनमा ज्यान गुमाएकाहरूलाई राष्ट्रिय झण्डा ओढाउने निर्णय भएको जानकारी दिए। सरकारले यसअघि नै जेन–जी आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सहिद घोषणा गरिसकेको छ।

आन्दोलनमा ज्यान गुमाउनेलाई प्रचलन बमोजिम १० लाख क्षतिपूर्ति र ५ लाख खर्चसहित १५ लाख रुपैयाँ दिने निर्णय भएको गृहमन्त्री अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->