सोमबार, असोज २६ २०८३

सोमबार, असोज २६ २०८३
  • २६ असोज २०८३ , सोमबार
  • October 12 2026

आक्रोशित हर्कलाई बालेनको उत्तर-‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिनँ’

आक्रोशित हर्कलाई बालेनको उत्तर-‘मलाई जति गाली गरेपनि तिमीलाई माया गर्न छोड्दिनँ’


  • ढोरपाटन संवाददाता
  • भाद्र ३१ २०८२, मंगलबार

काठमाडौं / महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई फकाउने प्रयास गरेका छन् । सामाजिक सञ्जालबाटै हर्कले आक्रोश पोख्दै बालेन लक्षित टिप्पणी गरेपछि उनले फकाउने प्रयास गरेका हुन् ।

उनले हर्कले आफूलाई जति गाली गरेपनि माया गर्न नछाड्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा बालेनले लेखेका छन्, ‘डियर हर्क साम्पाङ, तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो ।’

यसअघि हर्कले जेनजी आन्दोलनपछि बालेन अगाडि नआएको भन्दै कडा आलोचना गरेका थिए । उनले फेसबुकमै भनेका थिए, ‘लुकेर बस्ने र लुकेर खेल्नेलाई गेमर भनिन्छ लिडर भनिँदैन !’

Capture
उसो त हर्कले आफूलाई नै प्रधानमन्त्रीमा दाबीमात्रै गरेका थिएनन् त्यसैका लागि काठमाडौँ समेत आएका थिए । प्रधानमन्त्रीका लागि उनले जंगीअड्डामा समर्थक समेत उतारेका थिए । तर, जेनजीहरुले सुशीला कार्कीलाई अघि सार्दा बालेनले समेत समर्थन गरेपनि उनी आक्रोशित बनेका थिए ।

हाल धरान फर्किसकेका उनले प्रधानमन्त्री नपाएपनि खानेपानी र श्रम तथा रोजगार दुईवटा मन्त्रालय दिँदा नलिएको समेत फेसबुकमार्फत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->