पोखरा/पुम्दीभुम्दी विकास समाज पोखरा–२२ को प्रथम साधारणसभा तथा अधिबेशन आइतबार भएको छ । अधिवेशनले तारानाथ पौडेलको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
समाजको उपाध्यक्षमा रामकाजी गुरुङ, सचिव नरनाथ बराल, सहसचिव ध्रुव बराल र कोषाध्यक्षमा लक्ष्मीदेवी बराल छन् । सदस्यमा वीरबहादुर गुरुङ, अप्सरा बराल, मधुप्रसाद बराल, दिनेश बराल, सूर्यप्रसाद बराल, दुर्गाप्रसाद गुरुङ, साबित्रा पौडेल र लोकबहादुर गुरुङ छन् ।
सभामा जिल्ला समन्वय समिति कास्की प्रमुख लीलाधर पौडेलले पोखरा २२ पुम्दिभुम्दी क्षेत्रको विकास समाजले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरे ।
कार्यक्रममा स्रस्टा समाजका अध्यक्ष गोबिन्द बराल, कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल,सक्रिय महिला विकासका पूर्वअध्यक्ष बुद्धिमाया गुरुङ, भानुभक्त बराल, केशव पौडेल, लीलादत्त बराल, डा भीमराज बराल, गोबिन्द बराल, यामबहादुर गुरुङ र शुक्रराज माविका प्रधानाध्यापक नरनाथ बरालले बोलेका थिए ।





