शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

सहारा क्लब पोखराको अध्यक्षमा केशवबहादुर थापा निर्विरोध

सहारा क्लब पोखराको अध्यक्षमा केशवबहादुर थापा निर्विरोध


  • ढाेरपाटन संवाददाता
  • असोज ११ २०८२, शनिबार

पोखरा /  खेलकुद र सामाजिक क्षेत्रमा सक्रिय सहारा क्लब पोखराको अध्यक्षमा केशवबहादुर थापा निर्विरोध चयन भएका छन् । क्लबको चौधौं अधिवेशन तथा २७औं साधारणसभाले आगामी दुई वर्षका लागि थापालाई अध्यक्षमा निर्विरोध चयन गरेको हो ।

थापा यसअघि २०७४ देखि २०७८ सम्म दुई कार्यकाल अध्यक्ष भएसकेका थिए । सुरुमा वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङ र थापाले दाबी गर्दा अधिवेशन दुई दिनसम्म तन्किए पनि अन्ततः सहमतिमार्फत थापा अध्यक्षमा पुनः दोहोरिएका हुन् । क्लबको वरिष्ठ उपाध्यक्षमा पूर्णबहादुर गुरुङ तेस्रो कार्यकालका लागि चुनिए । । उपाध्यक्षमा विनु राना मगर, महासचिवमा गंगाराज पौडेल, सचिवमा ज्ञानेन्द्र गुरुङ, कोषाध्यक्षमा लिलबहादुर थापा र सह–कोषाध्यक्षमा विष्णु गुरुङ निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यमा रोजिना गुरुङ, अम्बर राजभण्डारी, विजय गुरुङ, प्रमिला घले, शैलस गुरुङ र ज्योती केसी निर्विरोध चयन भए । निर्वाचित कार्यसमितिलाई निर्वाचन मण्डलका रविचन्द्र जमरकट्टेल र बाबुराम अर्यालले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->