बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा सडक भासियो

पृथ्वी राजमार्गको आँबुखैरेनी खण्डमा सडक भासियो


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०८२, शनिबार

पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन(पोखरा सडक भासिएको छ। तनहुँको आँबुखैरेनी गाउँपालिका ४, डम्पिङमा सडकको ठूलो हिस्सा भासिएपछि बाँकी रहेको साँघुरो भागबाट सवारी चालकहरूले जोखिम मोलेरै गाडी चलाइरहेका छन्।

इलाका प्रहरी कार्यलय आँबुखैरेनीका प्रहरी निरिक्षक टेक प्रसाद सुवेदीका अनुसार शनिबार साँझ ५ बजेतिर भासिएको छ। उनका अनुसार हाल प्रहरीको निरिक्षणमा सवारी आवगमन चलिरहेको छ।

सडकको एक लेनभन्दा बढी भाग भासिएर तल खसेको छ। बाँकी रहेको साँघुरो र कमजोर भागबाट एकतर्फी रूपमा पालैपालो सवारी साधनहरू पार गराइँदै छ।

लगातारको वर्षाले थप सडक भासिन सक्ने खतराका बीच सवारी साधनहरू गुज्रिँदा कुनै पनि बेला ठूलो दुर्घटना हुन सक्ने त्रास बढेको छ। घटनास्थलमा खटिएको प्रहरीले यातायात व्यवस्थापन गर्न प्रयास गरिरहेको छ। प्रहरीले चालकहरूलाई उच्च सतर्कता अपनाउन र सकभर यात्रा नगर्न आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->