गण्डकी / प्रदेश सरकार अन्तर्गतको पोखरा गण्डकी आयुर्वेद अस्पताल कास्कीले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा बिहान ६ बजे देखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने अस्पतालले जनाएको छ । बालबालिकाको शारिरीक, मानसिक बृद्धि र विकासको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ ।
सो कार्यक्रममा अन्तरगत लक्षित उमेर समूह अर्थात असोज २९ गतेसम्म १ वर्ष पुगी ५ वर्ष ननाघेका बालबालिकाहरुलाई स्वर्ण प्राशनको थोपा खुवाइने छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५ वर्ष ननाघेका आफ्ना बच्चाहरुलाई अभिभावकले अस्पतालको वेबसाइट गएर वा गण्डकी आयुर्वेद हस्पिटलको फेसबुक पेजमा गएर त्यहाँ उपलब्ध फारम भरेर नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको छ।
अस्पतालले भनेको छ ‘यदि तपाईंको बच्चा लक्षित उमेर समूह ९२०८२ असोज २९ गतेसम्म १ वर्ष पुगेका ५ वर्ष नकाटेकोसम्म० भित्र पर्नुहुन्छ र निषेधित अवस्था (बालबालिकालाई ज्वरो, अजीर्णरअपच, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएको) मा पर्नुहुन्न भने यहि २०८२ साल असोज २९ गते बिहान ६ बजे देखि १० बजेसम्म गण्डकी आयुर्वेद अस्पताल, कास्कीमा स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने भएकोले यस स्वर्णविन्दु प्राशनको लाभ लिनुहुन आमसमुदायमा हार्दिक अपिल गर्दछौं।’
साथै, अस्पतालले औषधिको सदुपयोग गर्ने, निर्मित औषधि खेर नजावोस भनेर असोज २८ गते दिउँसो ४ बजेसम्म नाम दर्ता गरेका बालबालिकाका लागि मात्र स्वर्णप्राशन निर्माण गरिने भएको हुँदा उक्त समय भित्र इच्छुक अभिभावकले दिइएको QR code scan u/L गरी वा दिईएको link click गरी आफ्नो बालबालिकाको विवरण गराउनु हुन दर्ता गराउन अनुरोध गरेको छ।
https://forms.gle/pukG6xM2sMvSWC5t8https://forms.gle/pukG6xM2sMvSWC5t8
अस्पतालले उक्त फारममा यथार्थ विवरण भरिदिन अनुरोध गर्दै यदि झुटा विवरण भरेको पत्ता लागेमा आफ्नो बालबालिका स्वर्णविन्दु प्राशनबाट बन्चित हुने र नियमानुसार कानुनी प्रक्रिया आकर्षित हुनेछ भन्दै सचेत अस्पतालले सवैलाई सचेत समेत गराएको छ ।
के हो स्वर्ण प्राशन ?
स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रुपमा सेवन गराइने विधिलाई स्वर्णविन्दु प्राशन भनिन्छ।बालबालिकाहरुको शाररिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ।
लक्षित समूहः
यस कार्यक्रमबाट १ वर्ष देखि ५ वर्षसम्मका बालबालिकाहरु लाभान्वित हुनेछन्।
निषेधित अवस्थाः
यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकाहरुलाई सहभागी गराईने छैन।
प्राशन सामग्री र कार्य:
स्वर्ण भष्मः प्रतिरक्षा वृद्धि, बौद्धिकता अभिवृद्धि,
महः योगवाहि ९प्रवर्तक०, संरक्षक, स्वादिष्ट बनाउने
ब्राह्मी घृतः अवशोषण वृद्धि, मस्तिष्क्य, मेधा, वाणी र स्मरणशक्ति अभिवृद्धि ।
कति खुवाइन्छ ?
तयारी औषध मात्रा : १ थोपा = 0.0५ मि.लि.
१- २ वर्ष – २ थोपा
२-५ वर्ष – ४ थोपा
एक थोपा (drop) को आयतन सामान्यतः झोल पदार्थका लागि लगभग 0.0५ मिलीलीटर (ml) हुन्छ। तर यो प्रयोग हुने ड्रॉपरको प्रकार, घनत्व, चिपचिपोपन (Viscosity) र तापमान अनुसार अलिकति फरक पर्न सक्छ।
कुन समयमा खुवाउनु उपयुक्त ?
– बिहान सुर्योदय देखि दश बजेभित्र।
– पुष्य नक्षत्र।
– बालक खाली पेट हुनु उपयुक्त।
स्वर्णप्राशन गराउँदा के गर्ने ?
– बालकलाई सहज रूपमा बसाल्ने।
– ड्रॉपर प्रयोग गरी औषधि मुखबाट खुवाउने।
– बालकले सम्पूर्ण मात्रा सेवन गरेको सुनिश्चित गर्ने।
– सेवनपछि ३० मिनेटसम्म आरामदायी हुनेगरी प्रतिक्षालय वा हलमा राखी निगरानी गर्ने।
– ब्याच नम्बर, मिति लगायतका विवरणहरु लगबुकमा लेख्ने।
सेवनपछि के गर्ने ?
– अभिभावकले आफ्नो बच्चालाई ३० मिनेटसम्म खाना नदिने।
– कुनै पनि प्रतिकूल असर देखिए तुरुन्त रिपोर्ट गर्ने।
स्वास्थ्यकर्मीले कस्तो परामर्श सेवा प्रदान गर्ने ?
१) बालबालिकालाई स्वर्णप्राशन गराईसकेपछि करिब ३० मिनेट पछि खानारदुध खान निर्देशन दिने। सन्तुलित आहारको सेवन गर्न सिफारिश गर्ने।
२) अभिभावकहरुलाई समुहगत रुपमा राष्ट्रिय बालस्वास्थ्य कार्यक्रमसँग तादाम्यता हुने गरी बालबालिकाको सर्वाङ्गीण विकासका लागि आवश्यक प्रारम्भिक बालबिकास (स्वास्थ्य क्षेत्रका विषयहरु सम्मिलित) सम्बन्धी अवधारणा अनुरुप आयुर्वेदोक्त आहार, विहार र वातावरणका बारेमा परामर्श प्रदान गर्ने।
३) स्तनपान गराईरहेका आमाहरुका लागि समुहगतरुपमा सुरक्षित मातृत्व कार्यक्रमसँग तादाम्यता हुने गरी स्तनपायी आमाका लागि आयुर्वेदोक्त (आहार, विहार र अनुकूल वातावरण) बारेमा परामर्श सेवा प्रदान गर्ने। दुग्धबर्धक आयुर्वेद औषधि आवश्यक देखिएमा उपलब्ध गराउने ।
प्राशन पश्चातको सावधानीस्
स्वर्णप्राशन पश्चात कुनै शंकास्पद लक्षणहरु देखिएमा तुरुन्त चिकित्सकसंग सल्लाह लिन लगाउने र सो अनुसार लाक्षणिक चिकित्सा गर्ने। वाकवाकी, बान्ता, एलर्जी जस्ता तत्काल प्रतिक्रिया भए स्वास्थ्यकर्मीले प्रत्यक्ष निगरानी गर्ने। अभिभावकले कुनै असामान्य लक्षण देखे तुरुन्त अस्पताल र स्वास्थ्यकर्मीलाई रिपोर्ट गर्ने।
कार्यक्रम सञ्चालन हुने स्थान:
बालबालिकाका लागि स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन निर्देशिका, २०८२ बमोजिम तपसिलका २५ संस्थामा यो आ।व। देखि संचालन गरिनेछ ।
१) गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश
२) धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश
३) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश
४) प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ
५) त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर
६) आयुर्वेद चिकित्सालय नरदेवी, काठमाडौं
७) राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ
८) प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश
९) प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश
१०) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश
११) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश
१२) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही, मधेश प्रदेश
१३) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश
१४) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश
१५)आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश
१६) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश
१७) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश
१८) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, वागमति प्रदेश
१९) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश
२०) लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश
२१) राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश
२२) बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश
२३) प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत, कर्णाली प्रदेश
२४) आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश
२५) आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश





