आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आर्युवेदीक औषधालयले थाल्यो स्वर्णबिन्दु प्रासन

आर्युवेदीक औषधालयले थाल्यो स्वर्णबिन्दु प्रासन

यो अभियानलाई सफल पार्दा बालबालिकाको बौद्दिक र मानसिक क्षमतामा बिकास हुने विश्वास लिइएको छ ।


  • ढोरपाटन संवाददाता
  • असोज ३० २०८२, बिहिबार

बागलुङ/बालबालिकाको बौद्दिक, शारिरीक र वृद्दिबिकासकालागि महत्वपुर्ण हुने स्वर्णबिन्दु प्रासन खुवाउन थालिएको छ । धौलागिरि आर्युवेदीक अस्पतालले पहिलो पटक यो अभियान थालेको हो ।

एक बर्ष काटेका र ५ बर्ष सम्मका बालबालिकालाई यो औषधी खुवाईने छ । विशेषगरी नेपाली पात्रो अनुसार तृष्य नक्षेत्र परेको दिन पारेर यो औषधी खुवाउनु पर्ने आर्युवेदीक परंपरा छ । पौराणिक कालमा समेत यो औषधीको उपयोग हुने गरेको र राज परिवारले भने पछिल्लो समय सम्म पनि यो औषधी खुवाउने गर्थे ।

नेपालमा अघिल्लो बर्ष नमूनाको रुपमा केही स्थानमा खुवाउने काम थालिएपनि औपचारिक रुपमा यो अभियान थालिएको अस्पतालका प्रमुख डा. शरद पन्थीले बताए । यो अभियानमा बुधवार मात्रै ४ सय ५० बढी बालबालिकालाई यो औषधि खुवाइएको छ ।

अस्पतालले जिल्लाभरका बालबालिकालाई स्वर्णबिन्दु खुवाउने लक्ष्य समेत राखेको छ । यो आर्युवेदिक भएकोले अन्य असर समेत नभएको र बालबालिकाले मिठो स्वादमा खाने गरेका छन् । यो अभियानलाई सफल पार्दा बालबालिकाको बौद्दिक र मानसिक क्षमतामा बिकास हुने विश्वास लिइएको छ । आगामी कात्तिक २५ गते पनि यो अभियान चलाइने छ । हरेक २८ दिनमा आउने तृष्य नक्षेत्रको दिन यो औषधी खुवाउने नियमित तालिका समेत अस्पतालले सार्वजनिक गरेको छ ।

गत असारदेखि तत्कालिन धौलागिरि आर्युवेदीक औषधालयलाई अस्पतालमा स्तरउन्तती गरिएको छ । अस्पताल बनेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले दरबन्दीको ओएनएम समेत गराइ सकेको छ । ओएनएम अनुसार ४ जना बिशेषज्ञ डाक्टरसहित २९ जनाको दरबन्दी स्विकृत भएको छ । यो दरबन्दी अनुसारको चिकित्सक, कविराज लगायतका स्वास्थ्यकर्मी आएपछि अस्पतालले पुर्ण रुपमा काम गर्ने छ ।

हाल अकुपञ्चर बिशेषज्ञको रुपमा रहेका डा. पन्थीमात्रै छन् । अन्य बिशेषज्ञ आइसकेका छैनन् । तर पनि तीन महिनामा ३० जना बढीले अस्पतालमै भर्ना भएर उपचार सेवा लिइसकेका छन् । अस्पताललाई २५ शैयाको स्विकृत भएपनि अहिले भने ८ शैयाको मात्र संचालनमा आएको छ ।

अस्पताल भित्र आवस्यक उपकरण हरु जोड्ने क्रम छ । भौतिक पुर्वाधार समेत नपुगेकोले अबका दिनमा बढाउँदै लगेर सेवालाई चुस्त बनाउने डा. पन्थीले जानकारी दिए । अस्पतालमा आर्युवेदीक रुपमा तयार पारिने विभिनन औषधी र चुर्ण निशुल्क बितरण समेत हुने गर्छ भने शल्यक्रियाको माध्यमबाट पनि कतिपय रोग निको पार्ने पद्दतीलाई शुरुवात गर्ने तयारीमा रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->