बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बागलुङमा कार्तिक १७-३० सम्म बृहत गलकोट कप आयोजना

बागलुङमा कार्तिक १७-३० सम्म बृहत गलकोट कप आयोजना

गलकोट कपमा आमा समूहको बाजा नाच, सामूहिक लोक नृत्य, एकल नृत्य, महिला भलिबल, माछा छोप्ने लगायतका प्रतियोगिता पनि समावेश गरिएको छ ।


  • बालकृष्ण सुवेदी
  • कार्तिक १३ २०८२, बिहिबार

गलकोट / बागलुङको गलकोटमा गलकोट कप सञ्चालन हुने भएको छ। जिल्ला भलिबल सङ्घ बागलुङको आयोजना तथा नगर भलिबल सङ्घ गल्कोटको समन्वयमा गल्कोट कप आयोजना गरिएको हो।

गलकोट कपमा सांस्कृतिक कार्यक्रमसहित विभिन्न प्रतियोगिता समावेश गरिएको छ । गलकोट कपको मुख्य आकर्षण खुला वडास्तरीय भलिबल प्रतियोगिता रहेको छ। उक्त प्रतियोगितामा प्रथम पुरस्कार २ लाख १ हजार १ सय ११, द्वितीय पुरस्कार १ लाख १ हजार १ सय ११ र तृतीय पुरस्कार ५० हजार १ सय ११ रहेको आयोजकले जनाएको छ।

गलकोट कपको दोस्रो आकर्षण भेटान्स भलिबल प्रतियोगिता रहेको छ। उक्त प्रतियोगितामा प्रथम पुरस्कार १ लाख, द्वितीय पुरस्कार ६० हजार र तृतीय पुरस्कार ३५ हजार रहेको छ। गल्कोट कप कार्तिक १७ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने गल्कोट कपका संयोजक होम थापाले जानकारी दिए।

गलकोट कपमा आमा समूहको बाजा नाच, सामूहिक लोक नृत्य, एकल नृत्य, पालिका स्तरीय महिला भलिबल, माछा छोप्ने प्रतियोगिता लगायतका प्रतियोगिता पनि समावेश गरिएको छ ।
त्यसैगरी हेलिकप्टरबाट गलकोटको दृश्य अवलोकन सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएको आयोजकले जनाएको छ। गल्कोट कपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको साङ्गीतिक प्रस्तुति रहने छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->