स्याङ्जा/रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१÷८२ मा ३४ लाख एक हजार ३ सय १५ रुपैयाँ ८४ पैसा नाफा आर्जन गरेको छ । २०५९ जेठ ५ गते स्थापना भएको सहकारीले २४ औं वार्षिक साधारण सभामा जानाकारी गराएको हो ।
सहकारीले तीन करोड २७ लाख २९ हजार ४२१ रुपैयाँ २६ पैसा आर्जन कमाउदै दुई करोड ९३ लाख २८ हजार एक सय पाँच रुपैयाँ ४२ पैसा खर्च गरेको सहकारीले कृषि, पशुपालन लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।
तीन करोड ६८ लाख सात हजार चार सय शेयर पुँजी रहेको सकारीले २३ करोड ४९ लाख ९७ हजार ७८ हजार दुई सय दुई रुपियाँ ६८ पैसा निक्षेप संकलन र १८ करोड ९५ लाख ७१ हजार ९ सय ९९ रुपैयाँ ऋण लगानी गरेको सहकारीका अध्यक्ष बिष्णु प्रसाद पोखरेलले जानाकारी दिए ।
संस्थाले आगामी आर्थिक वर्ष २०८२÷८३ मा एक करोड ४७ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गर्ने लक्ष्य लिएको छ । सहकारीको साधारण सभामा मुक्तीनाथ कृषि कम्पनीका अध्यक्ष सिताराम काफ्लेले सहकारीहरु नाफा मात्र होइन, सेवामा पनि जोडिनु पर्ने बताए । उनले मुक्तिनाथ कृषि कम्पनी नेपालभर सहकारीसंग सहकार्य गर्दै अगाडि बढेको बताउदै सहकारी मार्फत कृषकले उत्पादन गर्ने कृषिजन्य वस्तु बजारीकरण गर्ने आधार तयार गरेर छिट्टै कार्यान्वयनमा जाने बताए ।
कार्यक्रममा रोयल सहकारीका संस्थापक भरतराज ढकाल, रोयल सहकारीका पुर्व अध्यक्ष भरतप्रसाद लम्साल, मुक्तिनाथ विकास बैकका पुर्व संचालक वरिष्ठ अधिबक्ता राम प्रसाद पोखरेल, मुत्तिनाथ विकास बैकका सिइओ प्रद्युमन पोखरेल, मानव मिलन संस्थाका केन्द्रीय अध्यक्ष नारायण प्रसाद पौडेल लगायतले मन्त्ब्य राखेका थिए ।
साधारण सभामा पत्रकार महासंघका गण्डकी प्रदेश सदस्य श्रीकृष्ण सिग्देललाई सम्मान समेत गरिएको संस्थाका सचिव प्रकाश डोटेलले बताए ।





