बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण

तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १७ २०८२, सोमबार

पोखरा/ तनहुँमा दोस्रो व्यक्तिमा मलेरियाको संक्रमण पुष्टि भएको छ । भानु नगरपालिका– ११ का ३८ वर्षीय पुरुषमा मलेरियाको संक्रमण पुष्टि भएको हो ।  शान्ति सेना गएर फर्किएका ती युवामा मलेरियाको संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जनाए ।

जनस्वास्थ्य कार्यालय, भानु नगरपालिका स्वास्थ्य शाखा, रूपाकोट स्वास्थ्यचौकीका स्वास्थ्यकर्मीले आइतबार समुदायस्तरमा पुगेर उक्त रोगको सक्रिय खोजपड्ताल कार्यक्रम सञ्चालन गरेका थिए । कँडेलले भने, ‘शान्ति सेनाबाट फर्किएपश्चात् परीक्षण गर्दा मलेरियाको संक्रमण पुष्टि भएको थियो । औषधि उपचारपश्चात् हाल उहाँ सन्चो हुनुभएको छ ।’ यसअघि गत साउन महिनामा बन्दीपुरका एक व्यक्तिमा मलेरियाको पहिलो संक्रमण देखिएको थियो ।

मलेरिया एनाफिलिज जातको लामखुट्टेको टोकाइबाट हुने रोग हो । ज्वरो आउनु, टाउको दुख्नु, धेरै थकान हुनु, पसिना धेरै आउनु यस रोगका लक्षण हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->