बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३
  • २८ असोज २०८३ , बुधबार
  • October 14 2026

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण

स्वास्थ्य मन्त्री पाठकद्वारा परिवार नियोजन संघ कास्कीको निरीक्षण


  • ढाेरपाटन संवाददाता
  • कार्तिक १७ २०८२, सोमबार

पोखरा/ गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले सोमबार नेपाल परिवार नियोजन संघ कास्की शाखाको निरीक्षण गरेका छन् । निरीक्षणमा पुगेका मन्त्री पाठकलाई नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देल सहितका पदाधिकारी, सदस्य र कर्मचारीहरुले स्वागत गरे ।

उक्त अवसरमा मन्त्री पाठकले संघले प्रदान गर्दै आइरहेका सेवा, संघका समस्या र आवश्यकताका बारेमा जानकारी लिएका थिए । संघका गतिविधिबारे बरिष्ठ शाखा प्रवन्धक नबराज तिवारीले जानकारी गराएका थिए ।  निरीक्षणपछि मन्त्री पाठकले स्वास्थ्य मन्त्रालय नेपाल परिवार नियोजन संघ कास्कीसँग सहकार्य गर्न तयार रहेको बताए । मन्त्रालय र संघबीच छलफल गरी कसरी अघि बढ्ने विषयमा टुङ्गोमा पुग्ने उनको भनाइ छ ।

संघका सभापति नवीन सिग्देलले स्वास्थ्यका क्षेत्रमा काम गर्नका लागि हुटहुटी रहेपनि सुन्य बजेटका कारण काम गर्न नसकिएको उल्लेख गरे । पोखरा १२ उपकार मार्गस्थित संघको कार्यालयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व, यौनजन्य रोगको परामर्श तथा उपचार, एच.आई.भि.परिक्षण तथा परामर्श, पाठ्ेघरको मुखको क्यान्सर सम्बन्धि प्रारम्भिक परिक्षण तथा परामर्श, यौनिक तथा लैड्गिकतामा आधारित हिंसामा परेकालाई परामर्श तथा उपचारका साथै यौंन तथा प्रजनन् स्वास्थ्य संग सम्वन्धित सम्पूर्ण सेवाहरु लगायत प्रयोगशाला सम्वन्धि सेवाहरु पनि उपलव्ध छ ।  संघले पछिल्लो पटक असोज देखि भिडियो एक्सरे सेवा समेत संचालनमा ल्याएको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->