बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अल्फामा हाजिरीजवाफ प्रतियोगिता

अल्फामा हाजिरीजवाफ प्रतियोगिता


  • ढोरपाटन संवाददाता
  • कार्तिक २१ २०८२, शुक्रबार

पोखरा/  पोखराको लामाचौरस्थित अल्फा बोर्डिङ स्कुलले सह क्रियाकलाप अन्तर्गत शुक्रबार अन्तर सदनात्मक हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । उक्त कार्यक्रममा माध्यमिक तहमा चार र प्राथमिक तहमा समेत चार विभिन्न सदनको सहभागिता रहेको थियो ।

माध्यमिक तहतर्फको प्रतियोगितामा जुगल सदनका साकार ढकाल, प्रवेश पोख्रेल, सुमन थापा मगर र रिहाना थापाको समूह प्रथम र सैपाल सदनका प्रकृति अधिकारी, अङ्कित पुन, आख्यान गौतम र सुजल बाँस्तोलाको समूहले द्वितीय स्थान हासिल गर्न सफल भएका थिए । आधारभूत तहतर्फ सैपाल सदनका जोयल भण्डारी, मेलिसा तामाङ, प्रज्ज्वल छन्त्याल, आयान गौतम साथै अनुस्का अधिकारीको समूह प्रथम र कञ्चनजङ्घा सदनका प्रसिद्धि गुरुङ, अङ्किता गौतम, रिदम शाही, समिप थापा र उल्सन मगरको समूहले द्वितीय स्थान हासिल गरेको विद्यालयका संस्थापक तथा सहप्राचार्य कृष्ण लम्सालले जानकारी गराए ।

कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्राचार्य सुरेन्द्र मानसिंह भण्डारीले यस्ता कार्यक्रमले विद्यार्थीलाई पढाइमा थप उत्प्रेरणा मिल्ने कुरा व्यक्त गर्दै विद्यार्थीलाई आगामी दिनमा थप उत्साहित हुँदै विद्यालयका कार्यक्रममा सहभागिताका लागि उत्प्रेरित गरेका थिए । शुक्रबार आयोजित हाजिरीजवाफ कार्यक्रमको सञ्चालन माध्यमिक तहतर्फ विज्ञान शिक्षक नवीन भण्डारी र आधारभूत तहतर्फ विज्ञान शिक्षक सन्दिप वि.क.ले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->