बागलुङ (खर्वाङ)/आफुहरुले खाईपाई आएको तलब पालिकाले घटाएपछि बडिगाडका शिक्षक कर्मचारीले विरोध जनाएका छन । संघिय सरकारले दिंदै आएको तलबमा पालिकाले गत वर्षसम्म थप गरेर तलब भुक्तान गरेपनि चालु आर्थिक वर्षमा तलब घटेपछि उनीहरुले विरोध जनाएका हुन् ।
संघिय सरकारले उपलब्ध गराउने तलबमा थप भएको तलब नभई गत वर्षकै सरह तलब चालु वर्षमा भुक्तानी दिएपनि बालविकास सहजकर्ता, कर्मचारी र लेखापालले विरोध जनाएको पालिकाका कार्यवहाक शिक्षा शाखा प्रमुख कुलराज घिमिरे जानकारी दिए ।
बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले आन्तरिक स्रोतको आम्दानी कम भएपछि पालिकाले शिक्षक कर्मचारीलाई थप तलब दिन नसकेको बताईन् । ‘वर्तमान सरकारले खर्चमा मितव्ययिता अपनाउन भनेको छ । गाँउपालिकाको आन्तिरिक आम्दानी बढ्न सकेको छैन” अधिकारीले भनिन् “हामीले उहाँहरुलाई अघिल्लो संघिय सरकारले बढाएको तलब यो वर्षको पहिलो त्रैमासिकमा भुक्तान गर्न नसकेकै हो । आउँदो हिउँदे अधिवेशनमा उहाँहरु संगकै छलफबाट यो विषय समाधान गर्नेगरी सहमति भएको छ ।”
यसैबीच, शिक्षक कर्मचारीहरुको विरोधमा सहमति जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठन बडिगाडले पालिकाका शैक्षिक गतिविधिप्रति गाँउपालिकाको ध्यानाकर्षण गराएको छ । संगठनका अध्यक्ष पुर्णपति कँडेल र सचिव बुद्धिबल चालिसेले प्रेस विज्ञप्तीमार्फत शिक्षकलाई दिने भनिएको मासिक तलबको प्रतिबद्धता कार्यान्वयनसहित तलवको व्यवस्था गर्न माग गरेका छन् ।
शिक्षा अधिकृतको व्यवस्था गरी शिक्षक छनोटका लागि तय गरिने विज्ञ टोली र छनोट प्रक्रिया पारदर्शी बनाउनु पर्ने माग राख्दै पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ । शिक्षक कर्मचारीले संघिय सरकारले र पालिकाले थप गरेर दिँदै आएको तलबमा अघिल्लो पटक संघिय सरकारले थप गरेको संघिय तलब पालिकाले नथपेको भन्दै विरोध जनाएका छन् ।
गाँउपालिकामा केन्द्रबाट संचालित ५१ र २५ वटा सामुदायबाट संचालित बालविकास तथा एउटा सिकाई केन्द्र, ६५ कार्यालय सहयोगी तथा मावि विद्यालयमा १५ जना लेखापाल कार्यरत रहेको पालिकाका कार्यवाहक शिक्षा शाखा प्रमुख कुलराज घिमिरे जानकारी दिए ।





