बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

ताल बाराही माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहारी

ताल बाराही माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पहारी


  • ढाेरपाटन संवाददाता
  • मंसिर १ २०८२, सोमबार

पोखरा/ पोखरा– ६ बैदामस्थित ताल बाराही माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा गोविन्दराज पहारी चयन भएका छन । सोमबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पहारीलाई आगामी ३ वर्षका लागि अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

९ सदस्यीय नयाँ कार्यसमितिमा वडा प्रतिनिधि बासुदेव बराल, अभिभावकबाट सदस्यहरूमा गिरिराज अधिकारी, दीर्घनारायण पौडेल र विष्णु थापा मगर रहेका छन् । त्यसैगरी वडा शिक्षा समितिबाट गणेश पहारी एवं मनोनित सदस्यमा हस्तबहादुर थापा र शिक्षक प्रतिनिधिमा द्रोणराज भुत्याल नियुक्त भएका हुन । शिक्षा ऐन नियमावली अनुसार ९ सदस्य नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रअ ताराप्रसाद पोखरेलले जानकारी दिए । नवनियुक्त पदाधिकारीहरूलाई सोमबार नै पदस्थापन गरिएको थियो । नव नियुक्त अध्यक्ष पहारी पश्चिममाञ्चल होटल व्यवसायी संघका पूर्व अध्यक्ष र पहारी कुल संरक्षण समिति कास्कीका निर्वतमान अध्यक्ष समेत रहेका छन् । उनी पर्यटन व्यवसायी तथा समाजसेवी एवं शिक्षा सेवीका रुपमा परिचित पनि छन् । अध्यक्षमा सर्वसम्मत भइसकेपछि पहारीले आफ्नो कार्यकालमा विद्यालयको शैक्षिक गुणस्तर सुधारका साथ आर्थिक तथा भौतिक उन्नतिका लागि प्रयत्नशील रहने बताए ।

विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै जाने प्रतिबद्धता जनाए । पोखरामा महानगर पालिका वडा नं–६का वडा अध्यक्ष बिष्णुबहादुर भट्टराईले नव नियुक्त समितिलाई बधाइ व्यक्त गर्दै, विद्यालयमा गुणात्मक शिक्षाको लागि आफू र वडा कार्यालयतर्फ बाट सहयोग गर्न सदैव तयार रहेको सुनाए । शिक्षाले ब्यक्तिलाई आत्मनिर्भर आत्मविश्वासी बनाउने धारण राखे । प्रधानध्यापक पोखरेलले नव निर्वाचित व्यवस्थापन समितिले विद्यालयलाई कास्की जिल्लाकै नमुना विद्यालय बनाउनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->