बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

बागलुङमा ‘मेयर कप’ फुटबल हुने

बागलुङमा ‘मेयर कप’ फुटबल हुने

बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको मेयर कप फुटवल प्रतियोगिता यस वर्षदेखि पुनः गर्ने गरी तयारी थालिएको गौतमले बताए ।


  • ढोरपाटन संवाददाता
  • मंसिर २ २०८२, मंगलबार

बागलुङ/बागलुङमा मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ । बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म संचालन गर्नेगरी ‘मेयर कप’ फुटबल प्रतियोगिताको तयारी गरिएको हो ।

बागलुङ नगरपालिका वडा नं. १ रामरेखास्थित बाङ्ेचौर खेल मैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी सुरु गरिएको खेल संयोजक सुदीप गौतमले बताए । नगरपालिका स्तरीय प्रतियोगितामा बढीमा दस टिम सहभागी हुने गौतमले जानकारी दिए ।

खुला प्रतियोगिता भएकाले देशभरका जनुसुकै नगरपालिकाले पनि आफ्नो आधिकारिक टिम पठाउन सक्ने छन् । संयोजक गौतमका अनुसार, आयोजक बागलुङ नगरपालिकाको दुई टिमले प्रतियोगितामा सहभागिता जनाउने छन् । बागलुङ नगरपालिकाले २०७६ सालमा दोस्रो मेयर कप गरेपछि स्थगित भएको मेयर कप फुटवल प्रतियोगिता यस वर्षदेखि पुनः गर्ने गरी तयारी थालिएको गौतमले बताए ।

प्रतियोगिताको विजेता टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित ट्रफी र मेडल प्रदान गरिने छ । उपविजेतालाई २ लाख २ हजार २ सय २२ रुपियाँ पुरस्कार प्रदान गरिने छ भने सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षकलाई १० हजारका दरले पुरस्कार प्रदान गरिने संयोजक गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->