शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

अर्जुनचौपारीमा ध्वनी चिकित्सा सेवा

अर्जुनचौपारीमा ध्वनी चिकित्सा सेवा

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अहिलेको जटिल सामाजिक तथा आर्थिक अवस्थाले मानिस शारीरिक, मानसिक र आध्यात्मिक रूपमा थकित बन्न थालेको उल्लेख गर्दै ध्वनी चिकित्सा यस्तो असन्तुलन हटाउने प्रभावकारी विधि भएको बताए ।


  • अर्जुन काफ्ले
  • मंसिर ७ २०८२, आइतबार

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिकाले देशमै पहिलो पटक ‘साउण्ड हिलिङ’ अर्थात् ध्वनि चिकित्साको सेवा सञ्चालनमा ल्याएको छ ।

अर्जुनचौपारी–१ मा रहेको नेपालकै पहिलो नवग्रह मन्दिर परिसरमा पालिकाले आध्यात्मिक साधना र शारीरिक–मानसिक स्वास्थ्यलाई जोड्दै नयाँ सेवा प्रयोगमा ल्याएको हो ।

गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले अहिलेको जटिल सामाजिक तथा आर्थिक अवस्थाले मानिस शारीरिक, मानसिक र आध्यात्मिक रूपमा थकित बन्न थालेको उल्लेख गर्दै ध्वनी चिकित्सा यस्तो असन्तुलन हटाउने प्रभावकारी विधि भएको बताए । विभिन्न सप्तधातुबाट बनेका उपकरण प्रयोग गरी शरीर, मन र आत्मालाई शुद्ध गर्दै ‘सप्तचक्र’ सक्रिय बनाउने र सकारात्मक ऊर्जा प्रदान गर्नु साउण्ड हिलिङको प्रमुख उदेश्य रहेको छ ।

‘मन्दिरमा आउने भक्तजनलाई आध्यात्मिक शान्तिसँगै आधुनिक शैलीको उपचार अनुभव दिलाउने उद्देश्यले यो सेवा सुरु गरेका हौँ,’ अध्यक्ष तिवारीले भने, ‘नवग्रहमा दर्शन गर्न आउने भक्तजन देखि हिलिङ चाहने जो कोहीले अब यो सेवा सहज पाउनेछन् ।”

स्थानीय तहबाट पहिलोपटक नेपालमै स्थापना भएको यो सेन्टरलाई ‘वेलनेस टुरिजम’ को गन्तव्यका रूपमा विकसित गर्ने योजना गाउँपालिकाले अघि सारेको तिवारीको भनाई छ । यस्तो सेवा मन्दिरमै पाउँदा निकै नयाँ अनुभव भएको बताउदै स्थानीय सन्दिप रोकाहाले शारीरिक तनाव पनि यहाँ आधा घण्टा बस्दा शरीर हलुका र मन झनै शान्त भएको बताए ।

गाउँपालिकाले साउन्ड हिलिङ सेवा दैनिक रूपमा चलाउने र शनिबार बाहेक अन्य दिनमा अन–कलका आधारमा समय व्यवस्थापन गरी चलाउने जनाएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सेवा लिन आउने भक्तजनका लागि छुट्टै ध्यानकक्ष, आवश्यक उपकरण तथा तालिमप्राप्त जनशक्ति परिचालन गरेको बताए ।

ध्वनी चिकित्सामा विशेष प्रकारका सिङ्गिङ बोल, घन्ट, घण्टी, तिब्बती कटोरी जस्ता उपकरण प्रयोग गरिएको छ भने तिनबाट निस्किने कम्पनले शरीरका अवरोधित ऊर्जा बिन्दुहरू खुल्ने र तन्तुहरू आराम पाइने छ । साउन्ड हिलिङले मानिसको मनोभाव, तनाव, निद्रा र उर्जामा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

नेपालमा वैकल्पिक चिकित्सा उपचारप्रति आकर्षण बढिरहेको बेला नवग्रह मन्दिरमा थालिएको यो पहल स्थानीयदेखि देश विदेशका भक्तजनलाई पनि केन्द्रित बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->