बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

कास्कीमा १७ हजार र म्याग्दीमा २२ सयबढी मतदाता थपिए

कास्कीमा १७ हजार र म्याग्दीमा २२ सयबढी मतदाता थपिए


  • ढोरपाटन संवाददाता
  • मंसिर ७ २०८२, आइतबार

पोखरा/कास्कीमा १७ हजार नयाँ मतदाता थपिएका छन् । मतदाता नामावली दर्ता गर्ने समय अवधिमा यो संख्या थपिएको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेका अनुसार ९ हजार जना कार्यालयमा आई नामावली दर्ता गराएका र ८ हजारले राष्ट्रिय परिचयपत्रका आधारमा अनलाईनमार्फत नाम दर्ता गराएका छन् । योसंगै कास्कीमा मतदाताको संख्या ३ लाख १० हजार ८ सय बढी पुगेको उनले बताए ।

जेन जी आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण प्रतिनिधिसभा विगठन भएर आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ ।

नयाँ नामावली दर्ता गराउनेमा प्राय युवा पुस्ता छन् । जेन जीको आन्दोलनपछिको राजनीतिक घटनाक्रमबाट प्रेरित भएका नयाँ मतदाताहरू आफ्नो मताधिकार सुनिश्चित गर्न उत्साहित देखिएका थिए ।

निर्वाचन आयोगले यही असोज १२ गतेदेखि कात्तिक मसान्तसम्ममा मतदाता नामावली दर्ताका लागि समय सिमा तोकेको थियो । तर उक्त अवधिमा थपेर मंसिर ५ सम्म पु¥याइएको थियो । १६ वर्ष उमेर पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएकाले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने तर मतदान भने १८ वर्ष पुगेपछि मात्र गर्न पाउने व्यवस्था छ । १८ वर्ष मुनिका नाम दर्ता गर्नेको संख्या पनि उल्लेख्य रहेको उनले बताए ।

यसैबीच, म्याग्दीमा २२ सयभन्दा बढी नयाँ मतदाता थपिएका छन् । जेनजी आन्दोलनपछि बनेको अन्तरीम सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावली दर्ता गर्ने अन्तिम दिन शुक्रबारसम्ममा निर्वाचन कार्यालयमै पुगेर बायोमेट्रिक्स गरी ८ सय १९ र राष्ट्रिय परिचयपत्र मार्फत १४ सय १८ मतदाता गरी कुल २२ सय ३७ नयाँ मतदाता थपिएका हुन् ।

जिल्ला निर्वाचन अधिकृत बिमल गौतमका अनुसार कार्यालयमै पुगेर बायोमेट्रिक्स मतदाता नामावली दर्ता गर्नेमा पुरूष ५ सय १० जना र महिला ३ सय ९ जना रहेका छन् । त्यसैगरी ८२ मतदाताको गल्ती सच्चाइएको छ भने १ सय ९० जनाको ठाँउसारी गरिएको थियो ।

निर्वाचन अधिकृत गौतमले मतदाता नामावली संकलनका लागि निवेदन दर्ता सहितका प्रक्रियाका लागि कार्यालयभित्र ५ वटा सहायकता कक्ष स्थापना गरिएकाले मतदातालाई सहज भएको छ ।

‘हामीले निवदेन तथा अन्य प्रक्रियाका लागि बाहिर जाने बाध्यताको अन्त्य गरेका छौ, उहाँहरुको समय र पैसाको बचत भएको छ’ निर्वाचन अधिकृत गौतमले भने । अन्य जिल्लामा निवेदन सहितको प्रक्रिया साइबर तथा पसलमा गरेर आउँदा मतदाताको खर्च भएको गुनासो आउने गरेको थियो ।

म्याग्दीमा नाम दर्ता गराउनेमा अधिकांश २५ वर्षमुनिका धेरै भएपनि बैदेशिक रोजगारीबाट फर्किएका छन् भने बृद्धबृद्धाले समेत अहिलेसम्म मतदाता नामावली नबनाएको अवस्थाका समेत भेटिएको छ ।

म्याग्दीमा २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार १२० जना मतदाता रहेको म्याग्दीमा निर्वाचन आयोगले पछिल्लो पटक असोज ८ गते सार्वजनिक गरेको मतदाता नामावली विवरणअनुसार मृत्यु, बसाईसराई, दोहोरोन नामाबली भएका १६ सय मतदाता घटाएर ८४ हजार ५२० जना कायम भएको थियो ।

हाल मतदाता नामावली संकलन गरेकाहरुको समेत दोहोरो, त्रुटी लगायतका विवरणको अध्ययन गरेपछि पूरानो मतदातामा संख्या थपिने छ । यसैबीच म्याग्दीका ६ वटै स्थानीय तहमा निर्वाचनका लागि म्याग्दीमा ८२ मतदानस्थल सिफारिस समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->