मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शिक्षामा सुधार खोज्दै पोखरा महानगर

शिक्षामा सुधार खोज्दै पोखरा महानगर

नेपाली र अंग्रेजी उच्चारण, अभिभावक अभिमुखीकरण, व्यवहार व्यवस्थापन कार्यशाला,प्रारम्भिक बालबिकासदेखि कक्षा ३ सम्म कक्षा भित्रको सहयोग तथा आवश्यकता अनुसार कार्यशाला सञ्चालन गरिएको छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८२, सोमबार

पोखरा/पोखरा महानगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयमा संचालित शिक्षामा नयाँपन (इनोभेसन एन एजुकेसन–एसीजी) कार्यक्रम प्रभावकारी देखिएको जनाएको छ ।

पोखरा नगर क्षेत्रमा रहेका १२ वटा सामदायिक विद्यालयका इसीडीदेखि आधारभूत तहसम्म शैक्षिक सुधार तथा नमूना विद्यालय विकास कार्यक्रम कार्यान्वयनमा आएको छ ।

परियोजनाअन्तर्गत इसीइसीले शिक्षकको क्षमता अभिवृद्धि, अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम,प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घका प्रतिनिधिका लागि नेतृत्व विकास, अन्तर्राष्ट्रिय बाल विकास सहजकर्ता प्रशिक्षण तथा शैक्षिक सुधारका लागि निरन्तर अनुगमन, परामर्श तथा सहायतालगायतका कार्यक्रम सञ्चालन हुन्छन् ।

यस वर्ष कक्षा ६ देखि ८ सम्मका शिक्षकहरूको क्षमता अभिवृद्धिको लागि गणित र विज्ञान विषयको विषयगत तालिम सञ्चालन गरिएको छ । नेपाली र अंग्रेजी उच्चारण, अभिभावक अभिमुखीकरण, व्यवहार व्यवस्थापन कार्यशाला,प्रारम्भिक बालबिकासदेखि कक्षा ३ सम्म कक्षा भित्रको सहयोग तथा आवश्यकता अनुसार कार्यशाला सञ्चालन गरिएको छ ।

महानगर क्षेत्रका विभिन्न क्लष्टरका १२ वटा विद्यालयमा २०७९ देखि यो कार्यक्रम शैक्षिक सुधार परियोजनाका रूपमा सञ्चालनमा रहेको महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए ।

सन् २००१ मा स्थापना भएको उक्त संस्थाले देशभर विभिन्न सरकारी तथा निजी विद्यालयसँग सहकार्य गरी शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्दै आइरहेको इसीइसीका अनुसन्धान तथा विकास विभागका उपप्रमुख सिङ्गी थिकेपा ल्होमीले बताइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->