पोखरा/लेखनाथको तालचोकमा रहेको डायमण्ड सेकेन्डरी स्कूलले वार्षिक खेलकुद कार्यक्रम २०८२ आयोजना गरेको छ । कार्यक्रममा कक्षा नर्सरीदेखि युकेजीसम्मका विद्यार्थी र अभिभावकले उत्साहपूर्वक सहभागिता जनाएका थिए ।
खेलकुदअन्तर्गत अभिभावकहरूका लागि ‘म्युजिकल चेयर’ तथा ‘बालकलाई बोकेर दौड’ (नर्सरी), छात्राका लागि ‘झोला प्याक अप गर्ने दौड’, छात्रहरूका लागि ‘ब्यालेन्स दौड’, साथै ‘आफ्नो बच्चा चिन्नुहोस् दौड’ र ‘मिठाई दौड’ (युकेजी) तथा ‘दाम दौड’ जस्ता आकर्षक खेलहरू सञ्चालन भएको विद्यालयका प्रधानाध्यापक यमबहादुर रोकाले जानकारी दिए ।





