शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ महोत्सवमा २ लाख पुरस्कार राशीको भलिबल हुने

बागलुङ महोत्सवमा २ लाख पुरस्कार राशीको भलिबल हुने

भलिबल प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेले नगद २ लाख १ हजार पाँच सय रुपियाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।


  • ढोरपाटन संवाददाता
  • मंसिर ८ २०८२, सोमबार

बागलुङ/आठौं बागलुङ महोत्सवमा दुई लाख पुरस्कार राशीको भलिबल प्रतियोगिता हुने भएको छ । उद्योग वाणिज्य संघ बागलुङको आयोजनामा आगामी पौष ११ देखि २१ गतेसम्म हुने बाङेचौर खेलमैदान महोत्सव हुँदैछ ।

महोत्सवको प्रमुख आर्कषणको रुपमा गण्डकी प्रदेश खुल्ला पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता रहेको छ । यसअघिका महोत्सवमा राष्ट्रिय स्तरको भलिवल हुँदै आएपनि स्थानीय खेलाडिलाई प्रोत्साहन गर्ने उदेश्यले प्रदेशस्तरीय प्रतियोगिता गरिएको हो ।

भलिबल प्रतियोगिताको पुरुषतर्फ प्रथम हुनेले नगद २ लाख १ हजार पाँच सय रुपियाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । प्रतियोगितामा द्वितिय, तृतिय र सान्त्वना हुनेले क्रमशः १ लाख २१ हजार ५ सय, ४४ हजार ५ सय र २२ हजार ५ प्राप्त गर्ने पुरुष भलिबल खेल संयोजक अकिल बहादुर क्षेत्री ‘ध्रुव’ले जानकारी दिए ।

यस्तै, महिला भलिबलको विजेताले टोलीले नगद ८१ हजार ५ सय रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टोलीले ४१ हजार पाँच सय, तृतिय हुनेले २१ हजार ५ सय र सान्त्वना हुनेले ११ हजार ५ सय रुपियाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने महिला भलिबल संयोजक सृजना राजभण्डारीले जानकारी दिइन् ।

प्रतियोगिताको पुरुष भलिबलमा सर्वाेत्कृष्ट खेलाडिलाई दश हजार र अन्य विधागततर्फ जनही पाँच हजार प्रदान गरिने छ भने महिलातर्फ सर्वाेत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडिलाई ५ हजार तथा विधागततर्फ जनही २ हजार ५ सय रुपियाँका दरले पुरस्कार प्रदान गरिने प्रतियोगिताका रेफ्री संयोजक किशोर थापाले जानकारी दिए ।

भलिबल प्रतियोगिता पौष १२ गते बिहानबाट शुरु हुने आयोजकले जनाएको छ । महिला तथा पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनलमा पुग्ने टोलीलाई भत्ताको समेत व्यवस्था गरिएको छ । महोत्सवबाट हुने आम्दानीबाट खेलकुदका लागि कोष स्थापना गर्ने योजना बनाएको उद्योग वाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्यले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->