बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल 

गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल 


  • ढोरपाटन संवाददाता
  • मंसिर १२ २०८२, शुक्रबार

पोखरा/ गण्डकी बहुप्राविधिक शिक्षालयको निर्देशकमा डा. टेकनारायण पौडेल चयन भएका छन् । निर्देशक छनोट सिफारिस समितिले ३ जनाको नाम सिफारिश गरेकोमा पोखरा महानगरपालिकाको ५७ औं कार्यपालिकाको बैठकले पौडेललाई चयन गर्ने निर्णय गरेको हो ।

सिफारिश समितिले यही मंसिर ६ गते निर्देशक पदका लागि पौडेलसहित सरोज अधिकारी र यज्ञप्रसाद पराजुलीको नाम सिफारिस गरेको थियो । गण्डकी बहुप्राविधिक शिक्षालयमा निर्देशक पदमा रहेका लक्ष्मण तिमिल्सिना गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानमा निर्देशक पदमा गएपछि रिक्त हुन पुगेको शिक्षालयको निर्देशकको जिम्मेवारी ६ महिना अघी देखि पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले निमित्त निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए।

गण्डकी बहुप्राविधिक शिक्षालय प्राविधिक शिक्षालाइ स्थानीयस्तरमा सर्वसुलभ र सहज बनाउनका लागि २०७६ साल देखि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद सिटिइभिटी सँगको सहकार्यमा पोखरा महानगरपालिकाले संचालन गर्दै आएको छ । शिक्षालयमा हाल गण्डकी प्रदेश लगायत देशका बिभिन्न जिल्लाबाट समेत गरि करिव ४ सय बिद्यार्थी अध्ययनरत छन् । शिक्षालयमा डिप्लोमा तहका इन्जिनीयरिङ (सिभिल र अटोमोवाइल) स्वास्थ्य कार्यक्रम तर्फ फार्मेसी र सामान्य चिकित्सा, बन विज्ञान र प्रि–डिप्लोमा तर्फ बाल विकास सहजकर्ता र सिभिल इन्जिनियरिङ्गका अन्तर्गत बिभिन्न ८ वटा विषयमा अध्यापन भइरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->