बागलुङ / आगामी मंसिर २७ देखि २९ गतेसम्म हुन गइरहेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङ संघिय निर्वाचन क्षेत्र नं. १ बाट सहभागी हुने महाधिवेशन प्रतिनिधीहरु छलफलमा टुंगो नलागेपछि सर्वसम्मत गर्ने जिम्मेवारी नेतृत्वले पाएको छ ।
यस क्षेत्रबाट ६ जना मात्रै महाधिवेशन प्रतिनिधिका लागि दावी गरेका ३९ जना उम्मेदवारका विचमा सहमती नभएपछि सर्वसम्म्त गर्ने जिम्मेवारी नेतृत्वले पाएको हो । महाधिवेशनका लागि दावी गरेका ३९ जना र केन्द्रिय नेतृत्वका विचमा शुक्रवार भएको छलफलमा सर्वसम्मतमा सहमती नजुटेपछि अन्तिम टुंगो लगाउने जिम्मा केन्द्रिय र जिल्ला नेतृत्वलाई दिइएको एक उम्मेदवारले बताए ।
उनका अनुसार केन्द्रिय सदस्यहरु इन्द्रलाल सापकोटा, सुर्य पाठक, सावित्रा राना, जिल्ला अध्यक्ष हिरा वहादुर केसी र निर्वाचन क्षेत्र नं. १ का संयोजक धन बहादुर परियारलाई सर्वसम्मतीका नाम टुंगो लगाउन लिखित रुपमा सहमती गरिएको छ ।
नेतृत्वले सहमती गरेर ल्याउने नामबाट नै महाधिवेशन प्रतिनिधी तय हुने भएका छन् । पछिल्लो राजनैतिक घटनाक्रमका कारण पनि महाधिवेशन प्रतिनिधीका लागि मतदान गरेर छनौट गर्दा राम्रो सन्देश नजाने भएकोले सर्वसम्मतीको लागि पहल भइरहेको एमालेले जनाएको छ ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट खुलातर्फ ३ जना, महिला तर्फ २ र युवातर्फ १ जना महाधिवेशन प्रतिनिधि छनौट हुदैछन ।
खुलातर्फ मात्रै २२ जनाको दावी परेको हो । निर्वाचन क्षेृत्र नम्बर एकबाट पार्टी जिल्ला अध्यक्ष हिराबहादुर केसी, कृष्ण पाठक, हरिनारायण गौतम, लिला राना, गणेश थापा, धुर्व केसी, अमर थापा, हिमाल शर्मा, भुपेन्द्र खड्का, जनक पौडेल, शिव सापकोटा, भरत पुरीबाट महाधिवेशन प्रतिनिधिका लागि दावी परेको छ ।
यसैगरी दावी गर्ने अन्यमा टेकनारायण पौडेल, नर बहादुर थापा, रामकृष्ण शर्मा, बाबुलाल शाक्य, नवराज पौडेल, रुद्र ब। केसी, लाल ब। थापा, खिमराज सापकोटा, संजय श्रेष्ठ र डिलबहादुर कार्की रहेका छन् ।
यसैगरी, २ जना महिलाको लागि ७ जनाले दावी गरेका छन् । दावी गर्नेमा गीता शर्मा, ममतादेवी शर्मा, कालिका सापकोटा, सरस्वती खड्का परियार, हुमा कुमारी जिसी अन्जु, चित्रा श्रीस र हुमादेवी खड्का रहेका छन् ।
एक जना युवाका लागि १० जनाले दावी गरेका छन् । युवातर्फ दावी गर्नेमा राजु गौतम, शिव शर्मा, प्रेम केसी, सिर्जना पन्त, संजाल शर्मा, रमेश ब। क्षेत्रीm बुद्ध बोहरा, शेखर खड्का, सन्दिप कँडेल र तिलक खड्का रहेका छन् ।





