शुक्रबार, भाद्र ५ २०८३

शुक्रबार, भाद्र ५ २०८३
  • ५ भाद्र २०८३ , शुक्रबार
  • August 21 2026

३ सय २२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण

३ सय २२ विद्यार्थीलाई विद्यालय पोशाक वितरण


  • अर्जुन काफ्ले
  • मंसिर १३ २०८२, शनिबार

स्याङ्जा/अर्जुनचौपारी गाउँपालिका–१ मा रहेको पञ्च कन्या माध्यमिक विद्यालयमा ३ सय २२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयमा अध्ययन गरेका २०६५ सालको एसएलसी ब्याचका पूर्व विद्यार्थीहरूले विद्यालय पोशाक वितरण गरेका हुन् ।

देश तथा विदेशमा रहेका २०६५ सालको एसएलसी ब्याचका चौरासीमध्ये ४२ जना पूर्व विद्यार्थीहरूले संकलन गरेको २ लाख ४१ हजार पाँच सय रुपैयाँ बराबरको पोशाक वितरण गरिएको हो । यहाँ कक्षा नर्सरीदेखि कक्षा नौ सम्मका सबै विद्यार्थीलाई पोशाक वितरण गरिएको र अब कक्षा १०, ११ र १२ का कमजोर विद्यार्थीलाई पोशाक वितरण गरिएको पूर्व विद्यार्थी एवं शिक्षक सुरेन्द्र काफ्लेले बताए ।

आफू पढ्दाको अनुभव सम्झदै बढो दुख गरेको बताउदै पुर्व विद्यार्थी प्रमोद लम्सालले विद्यार्थीहरूको पोशाकमा नियमितता हुनु शिक्षा र अनुशासन दुवैका लागि महत्वपूर्ण भएको बताए । उनले आर्थिक दृष्टिले कमजोर वर्गका विद्यार्थीका लागि यस किसिमको सहयोग ठूलो राहतको रूपमा रहेको बताए ।

पोशाक वितरणमा गाउँपालिका उपाध्यक्ष सपना गुरुङले यस्ता सकारात्कम काममा पालिकाको सहयोग रहने बताउदै सबैको चाँसो जानुपर्ने बताइन् । कार्यक्रममा प्रधानाध्यापक जित बहादुर थापा, शिक्षक शोभाकान्त पौडेलले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन बहादुर अधिकारीले विद्यार्थीको कार्यक्रमले विद्यालयसँग पूर्व विद्यार्थीको सम्बन्धलाई बलियो बनाउने अवसर प्रदान गरेको र अब प्रत्येक पूर्व विद्यार्थीसँग विद्यालय एकाकार हुने बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->