बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा

एडुब्रिज कन्सल्टेन्सीको आठौं शाखा विरौटामा


  • ढोरपाटन संवाददाता
  • मंसिर १५ २०८२, सोमबार

पोखरा/एडुब्रिज कन्सल्टेन्सीले पोखराको विरौटामा आठौं शाखा बिस्तार गरेको छ । एडुब्रिज कन्सल्टेन्सीका सञ्चालक योगेश क्षेत्री र गण्डकी प्रदेश शाखाका निर्देशक किसान सुनारले सयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

शाखाको उद्घाटनपछि बोल्दै एडुब्रिज कन्सल्टेन्सीका निर्देशक योगेश क्षेत्रीले नेपाली विद्यार्थीसँगै विदेशी विद्यार्थीहरुलाई पनि नेपालको विभिन्न क्षेत्रमा अध्ययनका लागि ल्याउन सहजीकरण गर्दै आएको बताए ।

‘एडुब्रिज कन्सल्टेन्सीले नेपाली विद्यार्थीहरुलाई वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिदैं आएका छौं,’ क्षेत्रीले भने, ‘हामीले अहिले पर्यटनको राजधानी पोखरामा शाखा विस्तार गरिसकेका छौं, यस कन्सल्टेन्सीले अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई विभिन्न क्षेत्रमा अध्ययन लागि पनि हामीले परामर्श दिर्दै आएका छौं ।’

एडुब्रिज कन्सल्टेन्सी गण्डकी प्रदेश पोखरा शाखाका निर्देशक किसान सुनारले कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा यस कार्यालयले सहजीकरण गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->