बागलुङ (खर्वाङ)/बढ्दो बसाईसराई र गाँउको विकासका लागि अहिलेको आवयश्कता सिपयुक्त जनशक्ति रहेको गण्डकी प्रदेश सभाका उपसभामुख बिनाकुमारी थापाले बताएकी छिन् । ६६ औं वार्षिकोत्सवमा बडिगाड गाँउपालिका–२ खर्वाङको त्रिभुवन माविले आयोजना गरेको श्रीमद् भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञको उद्घाटन गर्दै थापाले त्यस्तो बताएकी हुन् ।
थापाले कुनै पनि सिप जानेको मान्छे भोकै नहुने बताउदै गाँउको विकासको लागि दक्ष जनशक्ति बाहिरबाट ल्याउँदा लाखौ रकम बाहिरिएको बताउँदै विद्यालयले राखेको ‘बहुप्राविधिक आवाशिय विद्यालय’को लक्षय नै अहिलेको मुख्य आवश्यकता भएको बताईन् ।
यस्तै बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसने वनले पालिकाको एक मात्र नमुना विद्यालयले राखेको लक्ष्य पुरा गर्न पालिकाले अभिभावकत्व लिने बताउँदै आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रमुख बाचक पण्डित दीनबन्धु पोखरेलले महायज्ञ अवधिभर कथा प्रवचन मात्र नभई ज्ञान महायज्ञका रुपमा दिव्य कथावाचन हुने सुनाए ।
विद्यालयका प्रध्यानाध्यापक ढालमणी भण्डारीले महायज्ञ आयोजना गर्ने अभियन शुरु गरेदेखि अहिलेसम्म करिब १ करोड रकम बोलकबोल भईसकेको बताए । विद्यालयमा सोमबार बिहान७ बजेबाट नियमित पुजापाठसहित महायज्ञका कार्यक्र शुरु हुने समेत उनले जानकारी दिए ।





