शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु

बागलुङ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड शुरु


  • ढाेरपाटन संवाददाता
  • मंसिर २२ २०८२, सोमबार

बागलुङ/बागलुङ नगरपालिकाले आयोजना गरेको आठौं नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबारदेखि बाङेचौर खेलमैदानमा शुरु भएको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले खेल क्षेत्रमा लगानी बढाउने बताए । उनले खेलको विकासले युवाहरुमा अनुशासनको विकास हुने र समाजमा दक्ष नागरिक बन्न पनि सक्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा बागलुङ नगरका २४ वटा विद्यालयले विभिन्न ८८ खेलमा सहभागिता जनाएका छन् । नगरपालिकाले ८८ स्वर्ण पदकसहित झण्डै ३ सय पदकका लागि खेल खेलाएको नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले जानकारी दिए ।

नगरस्तरीय प्रतियोगिता सकिएपछि जिल्ला स्तरीय र गण्डकी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि यो पटक बागलुङमै हुने तयारी गरिएको छ । जिल्ला खेलकुद विकास समितिले यो पटकको प्रदेशस्तरीय खेलकुद बागलुङमा गर्ने अवसर पाएको हो ।

सोमबार दर्जनबढी स्वर्ण पदकका लागि खेल भैसकेका छन् । विशेषगरी छोटो दुरीका दौड लगायत खेल खेलाइएको छ । प्रतियोगितामा भलिबल, एथलेटिक्स र मार्सल आर्टका खेलहरु समावेश छन् । त्यसअघि नगरभित्रका विद्यालयले प्रभातफेरी गरेर बागलुङ नगरपालिका वडा नं. १ रामरेखामा रहेको बाङगेचउर खेल मैदान पुगेका थिए । खेलमा विभिन्न विद्यालयका कलाकारले गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->