बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाली कांग्रेसको टिकटका लागि आकांक्षीको लर्को, कास्की–३ मा प्रत्यक्षका लागि १६ र समानुपातिकतर्फ १३ को दावी

नेपाली कांग्रेसको टिकटका लागि आकांक्षीको लर्को, कास्की–३ मा प्रत्यक्षका लागि १६ र समानुपातिकतर्फ १३ को दावी

कास्की– २ मा प्रत्यक्षतर्फ १३ र समानुपातिकमा ५ जना आकांक्षी


  • ढोरपाटन संवाददाता
  • मंसिर २२ २०८२, सोमबार

पोखरा/आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेससभित्र उम्मेदवारका लागि आकांक्षीको लर्को देखिएको छ । कास्की क्षेत्र नम्बर ३ मा मात्र आइतबार आयोजित उम्मेदवार मनोनयन कार्यक्रममा प्रत्यक्षतर्फ १६ र समानुपातिकतर्फ १३ जना गरी २९ जना नेता तथा कार्यकर्ताहरुले आकांक्षा देखाएका छन् । कांग्रेसको क्षेत्रीय समितिले आह्वान गरेको मनोनयनमा आकांक्षीले आफ्नो नाम दर्ता गराएका हुन् ।

यसैगरी कास्की क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ १३ र सामानुपातिकतर्फ ५ जनाले नाम दर्ता गरएका छन । कांग्रेसको विधान र केन्द्रको परिपत्र अनुसार क्षेत्रीय समितिले संकलन गरेका यी नामहरूमा सहमतिको प्रयास हुने र सर्वसम्मत हुन नसकेमा सबै आकांक्षीहरूको नाम रायसहित जिल्ला र प्रदेश कार्यसमितिमार्फत केन्द्रमा पठाइने कांग्रेसले जनाएको छ । अन्तिम उम्मेदवारको टुंगो भने पार्टीको केन्द्रीय संसदीय बोर्डले लगाउनेछ ।

हेर्नुस् प्रत्यक्ष र समानुपातिकका आकांक्षी

कास्की क्षेत्र नम्बर ३

कास्की क्षेत्र नम्बर २

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->