आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्रिभुवन माविको महायज्ञमा झाँकीसहित कथावाचन

त्रिभुवन माविको महायज्ञमा झाँकीसहित कथावाचन


  • अनिष पाठक
  • मंसिर २३ २०८२, मंगलबार

बागलुङ (खर्बाङ)/पश्चिम बागलुङको खर्बाङ बजारस्थित त्रिभुवन माविको हिरक महोत्सवको अवसरमा आयोजित श्रीमद्भागवत धनधान्याञ्चल सप्ताहमा दोस्रो दिन विविध झाँकी प्रदर्शन सहित कथावाचन शुरु भएको छ । मुख्य वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलबाट कथावाचनसहित झाँकी प्रर्दशन गरिएको महायज्ञमा सहयोगदातालाई सम्मान समेत गरिएको थियो ।

महोत्सवका आर्थिक समिति संयोजक खगिश्वर अर्यालका अनुसार, ज्ञान महायज्ञको दोस्रो दिन सबैभन्दा बढि बडिगाड २ सिमलचौरका सुर्यबहादुर अधिकारीले ३ लाख ३ सय ३३ रुपैया दान गरेका छन् । महायज्ञअघि नै झण्डै एक करोड रकम उठिसकेको छ ।

महायज्ञमा गुल्मीको मुसिकोट नगरपालिकाले पनि सहयोगको प्रतिबद्धता जनाएको छ । मुसिकोटका नगरप्रमुख जिवलाल खरेल ‘जीवन’ले कार्यपलिका बैठकपछि महायज्ञको अन्तिम दिनसम्म सरकारी नियमानुसार मिल्ने सहयोग गर्ने बताए ।

बाली विज्ञान विषयको पठनपाठन संचालन गरिरहेको विद्यालयले अब सिभिल इन्जिनियरिङ, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स लगायतका अन्य विधामा पनि अध्यापन गराउने लक्ष्य राखेको छ । त्यसका लागि विद्यालयले महायज्ञको बाटो रोजेको हो ।

मंसिर २८ गतेसम्म महायज्ञ लगाएर विद्यालयको क्षेत्रलाई फराकिलो बनाउने लक्ष्य बनाइएको महायज्ञ आयोजक समितिका संयोजक विष्णुप्रसाद भुषालले बताए ।

सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने भएको हो । २०१७ सालमा स्थापना भएको त्रिभुवन माविले स्थापनाको ६६ औं वार्षिकोत्सव मनाउने तयारी छ । सोही अवसरलाई हीरक महोत्सवको रुपमा पनि मनाइने भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->