आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्रिभुवनको महायज्ञमा रौनक बढ्दो

त्रिभुवनको महायज्ञमा रौनक बढ्दो


  • अनिष पाठक
  • मंसिर २४ २०८२, बुधबार

बागलुङ (खर्वाङ)/विद्यालयलाई आवासीय बहुप्राविधिक शिक्षालयका रुपमा संचालन गर्न त्रिभुवन मावि खर्वाङमा लागिएको महायज्ञमा भक्तजनको उल्लासपुर्ण सहभागिता देखिएको छ । सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाउन गत मंसिर २१ गतेबाट शुरु गरिएको श्रीमद्भागवत धन–धान्याञ्चल सप्ताह महायज्ञमा पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन् ।

महायज्ञको तेस्रो दिन गण्डकी प्रदेश सभा सदस्य जित शेरचनले आगामी प्रदेश सभाको बजेटबाट विद्यालयलाई ५ लाख बढिको बजेट सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कला संस्कृति जोगाउन आफै लाग्नुपर्ने बताए ।

पश्चिम क्षेत्रका विद्यार्थीहरु प्राविधिक शिक्षाको ज्ञान हासिल गर्न अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्न महायज्ञको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुषालले बताए । महायज्ञ लगाएर विद्यालयको क्षेत्रलाई फराकिलो बनाइने भुषालको भनाइ छ ।

स्थापनाको ६६ औं वर्षगाँठसंगै हीरक महोत्सव मनाईरहेको विद्यालयमा अहिले बाली विज्ञान विषयको पढाइ भैरहेको छ । गाउँका विद्यार्थीलाई कृषिमा जोड्न विद्यालय सफल छ । ‘विद्यालयले सिभिल इन्जिनियरिङ, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स विधामा अध्यापन गराउने योजना छ’ उनले भने, ‘त्यसका लागि महायज्ञको विकल्प खोजिएको हो ।’

विद्यालयमा एक हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् । महायज्ञ अवधिभर पाँच करोड रकम उठाउने लक्षय राखेको विद्यालयमा अहिलेसम्म एक करोड बढि रकम संकलन भएको प्रध्यानाध्यापक ढालमणी भण्डारी जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->