आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

त्रिभुवनको महायज्ञमा २ करोड संकलन

त्रिभुवनको महायज्ञमा २ करोड संकलन

गत मंसिर २१ गतेबाट बडिगाड गाउँपालिका–२ खर्वाङस्थित त्रिभुवन माविमा शुरु गरिएको महायज्ञमा अहिलेसम्म २ करोड संकलन भएको आर्थिक समिति संयोजक खगिश्वर अर्यालले जानकारी दिए ।


  • अनिष पाठक
  • मंसिर २९ २०८२, सोमबार

बागलुङ (खर्वाङ)/बहुप्राविधिक आवाशिय शिक्षालय निर्माणको लागि त्रिभुवन माविमा जारी महायज्ञमा २ करोड रकम संकलन भएको छ । पवित्र उदेश्य राखेर गरिएको महायज्ञमा भक्तजनको उत्साजनक सहभागिता जुटेको छ ।

गत मंसिर २१ गतेबाट बडिगाड गाउँपालिका–२ खर्वाङस्थित त्रिभुवन माविमा शुरु गरिएको महायज्ञमा अहिलेसम्म २ करोड संकलन भएको आर्थिक समिति संयोजक खगिश्वर अर्यालले जानकारी दिए । ‘‘महायज्ञ समापन भएको केही दिनमै सम्पूर्ण आम्दानी र खर्चको विवरण सार्वजनिक गर्छाै’’ अर्यालले भने ।

बाली विज्ञान विषयको पठनपाठन संचालन गरिरहेको विद्यालयले आगामी दिनमा सिभिल इन्जिनियरि, अटोमोबाइल्स, इलेक्ट्रिक तथा इलेक्टोनिक्स विधामा पनि अध्यापन गराउने लक्ष्यसहित धनधान्याचल महायज्ञको आयोजना गरिएको हो । विद्यालयले स्वर्ण महोत्सवमा संकलन गरेको ८० लाखले विद्यालयको भौतिक पुर्वाधार बनाउनुको साथै अक्षयकोषमार्फत विद्यालयमा निजी श्रोतका शिक्षक राखेर समयसापेक्ष विषय पढाउँदै आएको छ ।

महायज्ञमार्फत पाँच करोड संकलन गरेर विद्यालयमा कोष बनाइने छ । त्यो कोषमार्फत बडिगाड गाउँपालिका मात्र नभई गलकोट र गुल्मीको मुसिकोट क्षेत्रको आर्कषक शैक्षिक गन्तव्य बनाउने लक्ष्य छ । पश्चिम बागलुङका ढोरपाटन, निसी र तमानबासीले यो विद्यालयको सदुपयोग गर्न सक्ने वातावरण बन्ने प्रअ ढालमणि भण्डारीले बताए ।

सिटिइभिटी तथा अन्य क्षेत्रबाट अनुबन्धित गरेर विद्यालयलाई दक्ष प्राविधिक उत्पादनको क्षेत्र बनाइने विद्यालय व्यवस्थापन समिति अध्यक्ष विष्णु प्रसाद भुसालले जानकारी दिए । ग्रामीण क्षेत्रका विद्यार्थीलाई कृषि पेशामा जोड्न विद्यालय सफल बनिसकेको छ । विद्यालयमा एक हजार १ सय ८७ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->