पोखरा/ कास्कीको पोखरामा महानगर पालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद प्रतियोगिता– २०८२ मा विभिन्न विधामा उपाधी चुमेका विद्यार्थीहरुलाई विद्यालयले आईतबार एक कार्यक्रमको आयोजना गरि सम्मान तथा बधाई ज्ञापन गरेको हो ।
विद्यालयले सामूहिक लोकनृत्य प्रतियोगितातर्फ प्रथम, क्रिकेट तर्फ तृतीय, हस्तकला प्रतियोगिता (पातबाट बनेका सामग्री) तर्फ युगमाया विश्वकर्मा र सोफिया पुन प्रथम, हस्तकला प्रतियोगिता (चोयाबाट बनेका सामग्री) तर्फ समिर नेपाली र असिम नेपाली सान्त्वना र एकल अभिनय प्रतियोगिता तर्फ जेसिका गुरुङ सान्त्वना भएका थिए । विजयी विद्यार्थीलाइ विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुनप्रसाद अधिकारी, एकडेमिक डिन टंकराज सुवेदी, संस्थापक मित्रबन्धु सुवेदीलो खादा अवरि लगाई बाधई तथा सम्मान गरेका थिए । त्यस अवसरमा सम्बन्धि विधाका शिक्षक र कोचलाई सम्मान गरिएको थियो ।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार प्राप्त गरी बिद्यालयको गरिमा बढाउन सफल भन्दै विद्यार्थीहरुलाई बधाई सहित सम्मान गरिएको विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुनप्रसाद अधिकारीले जानकारी दिए । ‘विद्यार्थीका विभिन्न खालका प्रतिभा पहिचानका लागि गरेको लगानी सफल भएको महसुस गरेका छौ’ संस्थापक प्रिन्सिपल अधिकारीले भने, ‘आगामी दिनमा पनि अझै विद्यार्थीका प्रतिभालाई निखारता ल्याउँदै अगाडि बढ्ने छौं । प्रतियोगितामा एन प्याब्सन कास्कीमा आवद्ध ४३ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीले विभिन्न विधामा प्रतिस्पर्धा गरेका थिए। बाल प्रतिभा पहिचान अन्तर्गत सामूहिक लोकनृत्य, एकल गायन, चित्रकला, कविता वाचन, अभिनय, विज्ञान तथा प्रविधि, हस्तकला अन्तर्गत पात, पराल र चोयाबाट निर्मित सामग्रीहरु, र अंङ्ग्रेजी वक्तृत्वकला प्रतियोगिता रहेको थियो। खेलकुद प्रतियोगितामा तर्फ कक्षा १ देखि १० सम्मका विद्यार्थीको क्रिकेट र कक्षा ११, १२ को फुटसल प्रतियोगिता भएको थियो ।





