मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शैक्षिक परामर्श ‘वे टु क्यान’ अब ‘आई.सी.सी.सी. पोखरा’ नामबाट सञ्चालनमा

शैक्षिक परामर्श ‘वे टु क्यान’ अब ‘आई.सी.सी.सी. पोखरा’ नामबाट सञ्चालनमा

तिलिचो तालबाट नाम परिवर्तनको घोषणा


  • ढोरपाटन संवाददाता
  • पुष ५ २०८२, शनिबार

पोखरा/  पोखराको चिप्लेढुंगास्थित सम्पदा कम्प्लेक्स पहिलो तल्लाबाट विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श दिदै आएको वे टु क्यान प्रा.लि. अव आधिकारीक रुपमा इन्टरनेशनल क्यारियर काउन्सेलिङ सेन्टर पोखरा प्रा.लि (आई.सी.सी.सी) पोखराको नामबाट सेवा दिने भएको छ ।

आई.सी.सी.सी.का प्रबन्ध निर्देशक राम खड्का र वे टु क्यान प्रा.लि. का निर्देशक ऋषि न्यौपानेले हालै विश्वको अग्लो स्थानमा रहेको तिलिचो तालबाट संयुक्तरुपमा रि–ब्रान्डिङको सार्वजनिक गरे । र नयाँ नामसंगै आफ्नो सेवा, पहिचान र लक्ष्यलाई अझ सुदृढ बनाउँदै अन्तराष्ट्रिय स्तरको शैक्षिक परामर्श प्रदान गर्ने प्रतिवद्धता जनाए ।

ऋषि न्यौपाने पोखरामा लामो समयदेखि उच्च शिक्षा अध्ययन गर्न विदेश जान चाहने विद्यार्थीहरुलाई आवश्यक परामर्श तथा मार्गदर्शन प्रदान गर्दै आईरहेका छन् । उनका अनुसार सही जानकारी, पारदर्शी प्रक्रिया र विश्वसनीय सेवा मार्फत विद्यार्थीलाई आफ्नो लक्षित गन्तव्यसम्म सुरक्षित र प्रभावकारी रुपमा पु¥याउनु नै उनको मुख्य उद्देश्य रहँदै आएको छ । विद्यार्थीको प्रोफाईल अनुसार विभिन्न देशका उपयुक्त विश्वविद्यालय र कोर्ष चयनमा पनि उनले सहयोग गर्दै आएका छन् ।

अन्तर्राष्ट्रियस्तरको करियर काउन्सेलिङ, आयल्स (आई.ई.एल.टी.एस), पीटीई, जापानीज भाषा कक्षा, शैक्षिक मार्गदर्शन तथा वैदेशिक अध्ययन सेवालाई अझ व्यवस्थित, आधुनिक र प्रभावकारी बनाउने लक्ष्यका साथ आई.सी.सी.सी. नामका साथ सेवा सञ्चालन गरिएको उनीहरुको भनाई छ । नाम परिवर्तनसँगै आई.सी.सी.सी. पोखराबाट अष्ट्रेलिया, यूके, अमेरिका, क्यानाडा, न्युजिल्यान्ड, जापान लगायत विभिन्न देशमा उच्च शिक्षा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि आवेदन तथा परामर्श सेवा उपलब्ध हुने छ ।

हाल नेपालका विभिन्न सहरमा आई.सी.सी.सी. का १३ वटा शाखा कार्यालयहरु सञ्चालनमा छन् । निकट भविष्यमा थप विस्तार गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
तिलिचो लेक जस्तो उच्च हिमाली स्थलबाट गरिएको यो घोषणाले नयाँ पहिचान र विस्तारित सेवासहितको यात्रालाई औपचारिक रुपमा पोखराको शैक्षिक सेवा क्षेत्रमा नयाँ उत्साह र अवसरको संकेत गरेको सञ्चालकहरुको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->