पोखरा/ भूपू विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट सुशीला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् ।
यस्तै, अधिबेशनले मञ्चको उपाध्यक्षमा कृष्णराज आचार्य, सचिवमा अर्जुन पौडेल र कोषाध्यक्षमा केशबराज तिवारीलाई निर्वाचित गरेको छ । यसैगरी सदस्यहरुमा, गोमा सोती, टेकनाथ पोख्रेल, प्रकाश सापकोटा, अनिता अधिकारी पोख्रेल, शिबहरी सुवेदी, रोशन तिवारी र सूर्य सुबेदी चयन भएका छन् ।
संस्थाका सल्लाहकार चन्द्र बहादुर सुबेदी संयोजक र सल्लाहकार चिरञ्जीवी अधिकारी र श्री आनन्द ज्योति माबिका प्रधानाध्यापक शिबराज अधिकारी सदस्य रहेको निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्रमुख अतिथी पोखरा महानगरपालिका वडा नम्बर–३१ का वडाअध्यक्ष ढकनाथ कँडेलले सामुदायिक विद्यालयहरुको गुणस्तर कमजोर छ भन्ने भाष्यलाई चिर्न आनन्द ज्योति माबि सफल भएको भन्दै गत वर्षको एसईई परिक्षामा यस विद्यालयले सबिक लेखनाथमा नै निजी र सामुदायिक दुबै तर्फका विद्यालयहरु मध्य सतप्रतिशत विद्यार्थी उत्रीण गराउने एक मात्रै विद्यालय बन्न सफल भएर प्रमाणित गरेको बताए । बिद्यालयको शैक्षिक गुणस्तर सुधारका गर्नको लागि वडा कार्यालय बिद्यालय र विद्यार्थीको संस्था भूपू बिद्यार्थी मञ्चसंग सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उनको भनाई थियो । यो पटकको विद्यालयको नतिजा सबैले गर्व गर्न लायक बनेकोमा खुसी व्यक्त गर्दै अध्यक्ष कडेलले यसैगरि हरेक बर्ष सत्प्रतिशत विद्यार्थी उत्रीण गराउन सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नु पर्नेमा जोड दिए ।
बिद्यालयका पूर्व प्रधानाध्यापक फडिन्द्रमोहन शर्मा अधिकारीले पूर्व बिद्यार्थीको संस्थाले रचनात्मक कार्यक्रम गरिरहेकोमा खुसी व्यक्त गर्दै शैक्षिक गुणस्तर सुधारमा गर्न पनि मञ्चले भुमिका खेल्ने सक्नुपर्ने बताए । मञ्चले सबै पूर्व बिद्यार्थीलाई एउटै छानामुनि समेट्न सफल हुनुपर्नेमा उनको जोड थियो । संस्थाका सल्लाहकार चिरञ्जीवी अधिकारीले मञ्चले पुर्व बिद्यार्थीहरुलाई क्रमिक रुपमा संगठित बनाउदै लगेको बताउदै अझ विद्यालयसंग सहकार्य गर्दै रचनात्मक काम गर्नसक्नु पर्नेमा जोड दिए ।
मञ्चका अध्यक्ष बिकास प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारी, प्रधानाध्यापक शिबराज अधिकारी, मञ्च संस्थापक सचिब श्रीराम कडेल, संस्थाका पुर्व सल्लाहकार पार्बती थापा कार्की लगायतले बोलेका थिए । मञ्चका उपाध्यक्ष सुशिला अधिकारी सिग्देलले स्वागत गरेको कार्यक्रमको संचालन सचिव कृष्णराज आचार्यले गरेका थिए । मञ्चले साधारणसभाको अवसरमा हरेक बर्ष जस्तै यो बर्ष पनि श्री आनन्द ज्योति माध्यमिक विद्यालयबाट १०+२ मा सर्बोत्कृष्ट अङ्क प्राप्त गर्ने मेलिना सुनार र माध्यमिक परीक्षा एसईईमा सर्वोत्कृष्ट अङ्क ल्याउने करिना सापकोटालाई नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
यस्तै संस्थालाई विभिन्न समयमा आर्थिक सहयोग प्रदान गर्नुहुने एवं अक्षयकोषदाता तथा मञ्चका पुर्व सल्लाहकार पदम राज पौडेल र शुभचिन्तक किरण छत्कुलीका साथै विद्यालय परिवारलाई पनि कदर पत्रले सम्मान गरिएको थियो । छैटौं साधारणसभामा अध्यक्ष बिकास प्रसाद कडेल र कोषाध्यक्ष अर्जुन पौडेलले प्रस्तुत गरेका क्रमशः सांगठनिक र आर्थिक प्रतिबेदन सर्वसम्मत्बाट पारित भएका छन् । साधारणसभाको अवसरमा मञ्चका नवनिर्वाचित सदस्य रोशनराज तिवारीले विद्यालयको बस संचालनको लागि आर्थिक सहयोग प्रदान गर्ने घोषणा गरेका छन् ।





